काठमाडौँ । गृह मन्त्रालयले एक सय छ जना शाखा अधिकृतहरूको पदस्थापना गरेको हो । मन्त्रालयले बुधवार मन्त्रालय वा अन्तर्गत कार्यरत अधिकृतहरूलाई कारागार, अध्यागमन कार्यालय, इलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालयहरूमा पदस्थापन गरेको हो ।
बैतडेली चेली किरण जोशी सुदूरपश्चिमकै पहिलो महिला सहायक सीडिओ बन्न सफलहुनु भएको छ । उहाँ सुदूरपश्चिमबाट खुलाप्रतिस्पर्धाबाट उप सचिवपदमा पास हुने पहिलो महिला पनि हुनुुहुन्छ । गृह मन्त्रालयले जोशीलाई डोटी जिल्लाको सहायक सीडिओका रुपमापदस्थापना गरेपछि उहाँ सोमबार डोटी जिल्लाप्रशासनकार्यालयमाहाजिर हुनु भएको छ ।उहाँलाई डोटीका प्रमुखजिल्लाअधिकारी भीमप्रसाद भट्टराई लगायत जिल्ला प्रशासन कार्यालयका कर्मचारीले स्वागत गर्नुभएको छ ।
गृह मन्त्रालयको माघ २८ गतेको निर्णय अनुसार डोटी जिल्लाको सहाय सीडिओमा पदस्थापना गरेपछि हाजिर भएको किरण जोशीले बताउनुभयो । यसअघि उहाँ रोल्पा जिल्लाको निर्वाचन कार्यालयको निर्वाचन अधिकारी हुनुहुन्थ्यो । २०६१ साल साउन १ गते खरिदार पदबाट निजामति सेवामा प्रवेश गर्नु भएकी किरण जोशीले २०६२ मा नासु, २०६७ सालमा शाखा अधिकृत र २०७७ माघ १४ गते खुला प्रतिस्पतार्धाबाट उप सचिव पदमा पास हुनु भएको हो ।
मन्त्रालयका शाखा अधिकृत युवराज ढकालका अनुसार खरिदार पदको कुनै पनि नियकायमा सरूवा/पदस्थापना गर्ने तथा सरूवा सहमति प्रदान गर्ने कार्य पुस मसान्तसम्म रोकिएको हो।