एकीकृत कारोबारको तीन महीनामा सूचीकृत भयो सानिमा जिआईसी इन्स्योरेन्सको मर्जरपछिको शेयर

काठमाडौं । गत असार ३० गतेदेखि रोक्का रहेको साविक सानिमा जनरल इन्स्योरेन्स र साविक जनरल इन्स्योरेन्सको शेयर कारोबार फुकुवा भएको छ । साविक यी दुई कम्पनीबीच मर्जर प्रक्रिया पूरा भई गत कात्तिक ७ गतेदेखि सानिमा जिआईसी इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार भएको हो ।  एकीकृत कारोबार भएको तीन महीनामा कम्पनीले मर्जरपछि कायम शेयर सानिमा जिआईसी इन्स्योरेन्सको नाममा माघ ५ गते सूचीकृत गराएको छ । नेप्सेले कम्पनीको शेयर सूचीकृत भएसँगै रोक्का रहेको शेयर कारोबारसमेत फुकुवा गर्ने निर्णय गरेको हो । कम्पनीले बिहीवार २ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो । अब यी दुवै कम्पनीका शेयरधनीहरूले सानिमा जिआईसी इन्स्योरेन्सको नामबाट शेयर कारोबार गर्न पाउनेछन् । नेप्सेले सानिमा जिआईसीको पहिलो कारोबारका लागि रू. ३६७ दशमलव ५० को मूल्य रेञ्ज तोकेको छ । मर्जर तथा प्राप्तिसम्बन्धी निर्देशिका लागू हुनुअघि यी कम्पनीले एकीकृत कारोबार शुरू गरेका हुन् । यसर्थ पनि पछिल्लो व्यवस्थाअनुसार एकीकृत कारोबारको बढीमा १५ दिनमात्र कारोबार रोक्का हुनुपर्ने व्यवस्था लागू गर्न यो कम्पनीलाई दबाब भने नपरेको देखिन्छ । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स समान हैसियतमा एक भएका हुन् । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स दुवैको चुक्तापूँजी समान रू. १÷१अर्ब रहेको थियो । दुई कम्पनी एक भएपछि चुक्तापूँजी रू. २ अर्ब पुगेको छ ।

सम्बन्धित सामग्री

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर सूचीकृत, आइतवारदेखि कारोबारमा आउने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । साविक सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी एकआपसमा मर्जर गर्दा १ः१ को अनुपातमा कायम हुन आएको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ दरका कुल ४ करोड १८ लाख ४० हजार  कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीको शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुने गरी मर्जर प्रयोजनका लागि रोक्का रहेकोमा बिहीवार कारोबार फुुकुवा गरिएको हो । मर्जरपछि बनेको कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता रू. ३९१ दशमलव ८८ ओपनिङ रेञ्ज तोकेको छ । यही रेञ्जका आधारमा कम्पनीको शेयर आइतवारदेखि कारोबारमा आउनेछ । स्टक सिम्बोल एसआरएलआई रहेको छ ।

सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सर्किट, प्रतिकित्ता रू. ७२८ पुग्यो

भदौ २९, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सर्किट लागेको छ ।  कम्पनीको शेयर कारोबारमा आएको मंगलवार नौं दिन दिन हो । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भइ दोस्रो बजारमा कारोबार शुरु भएकै दिनदेखि कम्पनीको शेयरमूल्यमा लगातार सकारात्मक सर्किट लाग्दै आएको छ । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७२८ पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ९९ हजार ९० कित्ता खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।

सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९.९९ % ले वृद्धि

भदौ २८, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत वृद्धि भएको छ ।  नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा कम्पनीको आईपीओ सूचीकृत भएको सोमवार आठौं कारोबार दिन हो । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६६१ दशमलव ९० पुगेको हो । कम्पनीको शेयरमूल्य कारोबारमा आएको आठौं दिन पनि सर्किट लेबमा वृद्धि भएको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । यो समाचा तयार पार्दाको समय ११ : ४० बजेसम्ममा मार्केट डेप्थमा कम्पनीको शेयरमा २ लाख ८ हजार १७० कित्ता खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।

सानिमा लाइफको शेयर कारोबार सुरु भएकै दिन सकरात्मक सर्किट

काठमाडौँ– सानिमा लाइफ इन्स्योरेन्सको साधारण शेयर (आईपीओ) नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएसँगै विहीबार कारोबार सुरु भएको छ । ३०९ रुपैयाँमा कारोबार खुलेको सानिमाको शेयर मूल्य कारोबार सुरु भएको आधा घण्टामै १० प्रतिशतले बढेको छ । १० प्रतिशतले मूल्य बढेपछि सकरात्मक सर्किट लागेको छ । विहीबार सानिमाको शेयर मूल्य ३३९ रुपैयाँ पुगेको छ । सानिमाको २ […]

सानिमा लाइफको पहिलो कारोबार ३०९ रुपैयाँमा

सानिमा लाईफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) आजदेखि दोस्रो बजारमा कारोबारमा आएको छ । हिजो नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएपछि आजदेखि कारोबारमा आएको हो । कम्पनीको पहिलो कारोबार ३०९ रुपैयाँमा भएको छ ।नेप्सेले सूचीकरण भएपछि कम्पनीको ओपनिङ रेन्ज न्यूनतम १०३ र अधिकतम ३०९ रुपैयाँ कायम तोकेको थियो । नेप्सेमा कम्पनीको ६० लाख कित्ता सर्वसाधारणको सेयर र १ करोड ४० लाख संस्थापक सेयर नेप्सेमा सूचीकृत भएको छ कम्पनीले साउन २० देखि २४ गतेसम्म आईपीओ को बिक्री खुलाएको थियो । साउन ३० गते बाँडफाँड

सानिमा लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत: ओपनिङ्ग रेन्ज कति ?

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर नेप्सेमा सूचीकरण गरिएको छ। बुधवार  नेपाल एटक एक्सचेञ्ज (नेप्से) र सानिमा लाइफ इन्स्योरेन्स बिच रु.१०० अंकित मूल्यको २ करोड कित्ता साधारण शेयर सूचीकरण सम्बन्धी सम्झौता पश्चात् शेयर सूचीकृत गरिएको हो। नेप्सेले सूचीकरण विनियमावली, २०७५ बमोजिम भाद्र १५ गतेको निर्णयानुसार सूचीकरण गरेको छ। सूचीकृत शेयर मध्ये १ करोड ४० लाख संस्थापकहरुको शेयर र ६० लाख सर्वसाधारणका लागि जारी गरिएको शेयर रहेको छ। नेप्सेले सानिमा लाइफ इन्स्योरेन्सको साधारण शेयरलाई "SLI" सिम्बोल प्रदान ...

सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार?

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपिओ) दोस्रो बजारमा सूचीकृत भएको छ।

सानिमा लाइफको सेयर नेप्सेमा सूचीकृत

सानिमा लाइफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । प्रतिकित्ता एक सय रुपैयाँ अंकित २ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।कम्पनीले सर्वसाधारणका लागि ६० लाख कित्ता सेयर जारी गरेको थियो । जसमा संस्थापक १ करोड ४० लाख कित्ता जोडेर २ करोड कित्ता सेयर सूचीकृत भएको नेप्सेले आफ्नो वेबसाइटमार्फत जानकारी दिएको छ ।कम्पनीको सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम आज सूचीकृत भएको हो । यो सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट अर्थात भोलि १६ गतेबाट का

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत, बिहीवारदेखि कारोबारमा आउने

भदौ १६, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।  कम्पनीको २ करोड कित्ता शेयर  सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणतर्फको ६० लाख कित्ता  आईपीओ र संस्थापकतर्फको १ करोड ४० लाख कित्तासमेत गरेर कुल २ करोड कित्ता शेयर नेप्सेमा  सूचीकृत गराएको हो । नेप्से र कम्पनी बीच धितोपत्र सूचिकरण सभ्झौता भएसँगै बिहीवारबाट कम्पनीको शेयर खरीदविक्री शुरु हुनेछ ।नेप्सेले पहिलो कारोबारको लागि रू. १०३ दशमलव १७ देखि ३०९ दशमलव ५१ ओपन रेञ्ज तोकेको छ ।  पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीको सिम्बोल एसएलआई रहेको छ । कम्पनीले साउन २० गते देखि २४ गतेसम्म ६०  लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।

सानिमा जनरल इन्स्योरेन्सको साधारण सभा जेठ ११ गते

वैशाख १६, काठमाडौं । यसै वर्ष सर्वसाधारणलाई आईपीओ जारी गरेको सानिमा जनरल इन्स्योरेन्सले जेठ ११ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।  आम्रपाली ब्याङ्क्वेट भाटभटेनी, काठमाडौंमा विहान १० : ३० बजे सभा बोलाइएको हो । सर्वसाधारण शेयरधनीहरुको तर्फबाट दुई जना सञ्चालक निर्वाचन गर्ने हुँदा भौतिक उपस्थितिमै सभा हुनेछ ।  भर्चुअल माध्यमबाट सभामा भाग लिन चाहने सम्बन्धित सदस्यहरुलाई भिडियो कन्फ्रेन्समार्फत सभाभा सहभागी हुने व्यवस्था मिलाउने कम्पनीले जानकारी दिएको छ । सञ्चालक निर्वाचनसँगै गत आर्थिक वर्ष ०७६/ ७७ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण र चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि सभाले अन्तिम रुप दिनेछ ।  यसवर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन् । साधारण सभा प्रयोजनका लागि कम्पनीले बैशाख २९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा बैशाख २८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभाभा भाग लिन योग्य हुनेछन् ।  उक्त कम्पनीले गत असोज २१ गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरी असोज ३० गते बाँडफाँट गरेको थियो । कात्तिक १८ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीको शेयर कारोबार कात्तिक १९ गतेदेखि भएको हो । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब कायम भएको छ । उक्त कम्पनीमा संस्थापकतर्फ रू. ७० करोड र सर्वसाधारणतर्फ रू. ३० करोड बराबरको शेयर स्वामित्व रहेको छ ।