सानिमा जनरल इन्स्योरेन्सको साधारण सभा जेठ ११ गते

वैशाख १६, काठमाडौं । यसै वर्ष सर्वसाधारणलाई आईपीओ जारी गरेको सानिमा जनरल इन्स्योरेन्सले जेठ ११ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।  आम्रपाली ब्याङ्क्वेट भाटभटेनी, काठमाडौंमा विहान १० : ३० बजे सभा बोलाइएको हो । सर्वसाधारण शेयरधनीहरुको तर्फबाट दुई जना सञ्चालक निर्वाचन गर्ने हुँदा भौतिक उपस्थितिमै सभा हुनेछ ।  भर्चुअल माध्यमबाट सभामा भाग लिन चाहने सम्बन्धित सदस्यहरुलाई भिडियो कन्फ्रेन्समार्फत सभाभा सहभागी हुने व्यवस्था मिलाउने कम्पनीले जानकारी दिएको छ । सञ्चालक निर्वाचनसँगै गत आर्थिक वर्ष ०७६/ ७७ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण र चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि सभाले अन्तिम रुप दिनेछ ।  यसवर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन् । साधारण सभा प्रयोजनका लागि कम्पनीले बैशाख २९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा बैशाख २८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभाभा भाग लिन योग्य हुनेछन् ।  उक्त कम्पनीले गत असोज २१ गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरी असोज ३० गते बाँडफाँट गरेको थियो । कात्तिक १८ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीको शेयर कारोबार कात्तिक १९ गतेदेखि भएको हो । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब कायम भएको छ । उक्त कम्पनीमा संस्थापकतर्फ रू. ७० करोड र सर्वसाधारणतर्फ रू. ३० करोड बराबरको शेयर स्वामित्व रहेको छ । 

सम्बन्धित सामग्री

सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारण सभा

सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ । उक्त सभा मंगलबार कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा कुण्डलीनी दरवार बैङक्वेट, चण्डोल, काठमाडौंमा सम्पन्न भएको हो ।उक्त सभामा प्रस्तुत सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी नेपाल एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी निर्णय तथा कम्पनीको चल अचल सम्पत्ति र दायित्व मूल्यांकन गर्नको लागि मान्यता प्राप्त मूल्यांकनकर्ता […]

सानिमा जनरल इन्स्योरेन्सको चौथो साधारण सभा सम्पन्न

पुस ३०, काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा शुक्रवार स्मार्ट क्याफे एण्ड ब्याक्वेट, धुम्वाराही चोक काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।  सभाले २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १९ गते बुक क्लोज गरेको थियो । यस आधारमा पुस १८ गतेसम्म कायम शेयधरनीले साधारण सभामा सहभागिता जनाएका हुन् ।

पुस मसान्त नजिकिन लाग्दा दुई ओटा निर्जीवन बीमा कम्पनीले मात्र घोषणा गरे लाभांश

पुस २३, काठमाडौं । पुस मसान्त नजिकिन लाग्दा नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत १८ ओटा निर्जीवन बीमा कम्पनीमध्ये दुई ओटा कम्पनीले मात्र लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।  प्रिमियर इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गत आव २०७७/७८ को मुनाफाबाट यस वर्षका लागि लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।  प्रिमियर इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट यसवर्ष शेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश कर सहित गरेर कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष शेयरधनीलाई ११ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।  त्यसैगरी, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष शेयरधनीलाई ३ प्रतिशत बोनस शेयर र ३ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यसरी हेर्दा गत वर्ष भन्दा यस वर्ष बोनस शेयर बढेको छ ।  यी दुवै कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समितिबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । हलसम्ममा यी दुवै कम्पनीले साधारण सभा बोलाएका छैनन् ।  सानिमा जनरल इन्स्योरेन्स कम्पनीले भने पुस ३० गते साधारण सभा आयोजना गरेको छ ।  सभा पुस ३० गते स्मार्ट क्याफे ब्याक्वेट धुम्बाराही चोक काठमाडौंमा साधारण सभा आयोजना गरेको छ । गत आवको मुनाफा कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन ।  सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनी ऐन अनुसार आर्थिक शुरु भएको ६ महीना भित्र अर्थात् पुस मसान्त सम्ममा साधारण सभा गरिसक्नु पर्ने व्यवस्था रहेको छ । समयमै साधारण सभा गर्ने सानिमा जनरल इन्स्योरेन्स कम्पनी मात्र देखिन्छ ।  बीमा समितिले आव २०७४/७५ देखि कम्पनीहरुलाई अनिवार्य रुपमा एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण तयार पार्न निर्देशन दिएको थियो । सोही नयाँ स्वरुपमा वित्तीय विवरण तयार पार्दा समय लाग्ने भएकाले साधारण सभा गर्न ढिलाई भएको हो ।  एनएफआरएस प्रणाली लागू भएसँगै राष्ट्रिय बीमा कम्पनीबाहेक बाँकी निर्जीवन बीमा कम्पनीले अघिल्लो आवको साधारण सभा सम्पन्न गरिसकेका छन् ।

सानिमा जनरल इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा पुस ३० गते हुँदै

पुस २०,काठमडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा पुस ३० गते हुने भएको छ ।  कम्पनीले सभा स्मार्ट क्याफे एण्ड व्याक्वेंट धुम्रवाराही चोक काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुने जानकारी दिएको छ । सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

एकै दिन ३० भन्दा बढि कम्पनीले बोलाए साधारण सभा, संयोग कि नियोजित ?

पुस १०, काठमाडौं । दोस्रो बजारमा सूचीकृत ३० भन्दा बढि कम्पनीले एकैदिन वार्षिक साधारण सभा बोलाउनु संयोग हो कि नियोजित  हो भन्ने बारे लगानीकर्ताहरु बीच यतिखेर खैलाबैला भएको छ । ती कम्पनीहरुले आखिर पुस ३० गतेलाई नै वार्षिक साधारण सभाको मुख्य तिथि किन तोके त ? जस्तो कि सानिमा जनरल इन्स्योरेन्स कम्पनीको सभालाई लिन सकिन्छ । उसले पुस ३० गते स्मार्ट क्याफे ब्याक्वेंट धुम्रबाराही, काठमाडौंमा बिहान ११ बजे वार्षिक सभा शुरु हुने जानकारी दिएको छ । सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । अझ कतिपय कम्पनीको त लाभांश पनि पारित गर्नुछ ।  हुन पनि हो उक्त कम्पनी मात्र होइन अरु वित्त कम्पनी,बीमा कम्पनी, वाणिज्य बैंक, जलविद्युत्, लघुवित्त कम्पनीहरुले शुक्रवार विभिन्न राष्ट्रिय दैनिक पत्रिकामा पुस ३० गतेलाई तोकेर नै वार्षिक साधारण सभाको सूचना प्रकाशित गरेका छन् । सूचना प्रकाशित गरेका सबैजसो कम्पनीको वार्षिक साधारण सभा एकै दिन जुध्नुलाई  कतिपयले भने कर्मकाण्डी मात्र हो भनेका छन् । उनीहरुले यसरी सभा गर्नु भनेको प्रक्रिया पुरा गर्ने मात्र उद्धेष्य हो, सभामा लगानीकर्ताहरुलाई सहभागी गराउने उद्धेष्य होइन भनेका छन् । त्यसो त ती कम्पनीहरुको एकैपटक साधारण सभाको तिथिमिति जुधेपछि लगानीकर्ता कुन कम्पनीकोमा जाने कुनकोमा नजाने भन्नेमा अन्यौलमा पर्ने गरेका छन्। स्वभाविक हो, दोस्रो बजारमा शेयर कारोबार गर्ने लगानीकर्ताहरू धेरै कम्पनीका शेयरधनी छन्।  यो वर्ष कम्पनीहरूले समय व्यवस्थापनमा लापरबाही गरेकै कारण धेरै कम्पनीको साधारण सभा जुधेको हो ।  गत आर्थिक वर्षमा पनि धेरै कम्पनीहरूले साधारण सभा जुधेको थियो ।  त्यसो त समयमा वित्तीय विवरण प्रकाशित नगर्ने कम्पनीहरुले पनि यसैगरी साधारण सभा बाहना बनाएर ढिला गरि गर्ने गरेका छन् ।  एक जना बजार विश्लेषकका अनसार कम्पनी ऐनले नै आर्थिक वर्ष समाप्त भएको छ महीनाभित्रमा साधारण सभा गरिसक्नु पर्ने बाध्यकारी व्यवस्थाका कारण समयमा साधारण सभा नबोलाउने कम्पनीहरुले हतार - हतार अन्तिम घडिमा आएर सभा बोलाउँछन् । हतार-  हतारमा गरिने सभाको प्रमुख उद्धेष्य भनेको प्रस्तावित लाभांश पारित गर्ने अनि  गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन गर्ने तथा आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्तावहरु अनुमोदन गर्नु मात्र हुने छ।  कम्पनी ऐन २०६३ को दफा ७६ ले  चालू आर्थिक वर्षको छ महीना भित्र सभा गरिसक्न भनेका कारण  छैठौं महीना पुसमा पर्छ। त्यसमा पनि साधारण सभा गर्नुपूर्व कम्पनीले शेयरधनीलाई २१ दिन अघि अनिवार्य तवरले सूचना दिनुपर्छ।  त्यसकारणले गर्दा ती ३० भन्दा बढि कम्पनीहरुले शुक्रवार साधारण सभाको सूचना प्रकाशित गरेका हुन्। किनभने शुक्रवार सूचना निकाल्दा मात्रै आगामी पुस ३० गते साधारण सभा गर्न सकिन्छ।  एक जना लगानीकर्ता अपार पोखरेल एकै दिन यसरी सभा आह्वान गर्नुलाई नियोजित हो भन्दै यसरी सभा आयोजना हुँदा शेयरधनीको भूमिका शून्य जस्तै हुने टिप्पणी गर्छन् ।

सानिमा जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा पुस ३० मा

पुस ९, काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले पुस ३० गते साधारण सभा बोलाएको छ ।  कम्पनीले सभा स्मार्ट क्याफे ब्याक्वेंट धुम्रबाराही, काठमाडौंमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ । सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका पुस १९ गते बन्द गर्ने जानकारी गराएको छ । यस आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

सानिमा जनरल इन्स्योरेन्सको तेस्रो साधारण सभा बुधवार हुँदै

असार २२, काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा बुधवार हुँदैछ । सभा बिहान १०:३० बजे कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंमा शुरु हुने कम्पनीले जानकारी गराएको हो ।  सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साथै सभाले आव २०७७÷७८ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै, सर्वसाधारण समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका वैशाख २९ गते बन्द भएको छ । वैशाख २८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् । यस भन्दा अगाडि कम्पनीले साधारण सभाको मिति जेठ ११ गतेलाई तय गरेकोमा कोभिड-१९ महामारीका कारण रोकिएको थियो ।

कोरोना महामारीका कारण मिति तय भएका ५ ओटा कम्पनीको साधारण सभा स्थगित

वैशाख ३१, काठमाडौं । कोरोना महामारीका कारण मिति तय भएका पाँच  ओटा कम्पनीहरुले साधारण सभा स्थगित गरेका छन् । तिब्र गतिमा फैलिएको कोरोनाको दोस्रो लहरले गर्दा निषेधाज्ञा जारी रहेकाले ती कम्पनीहरुले साधारण सभा स्थगित गरेका हुन् । गोखार्ज फाइनान्स,वेष्ट फाइनान्स,जनरल इन्स्योरेन्स कम्पनी,प्रुडेन्सियल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स कम्पनीले मिति तय भएको साधारण सभा स्थगित गरेका छन् ।  सानिमा जनरल इन्स्योरेन्स कम्पनीले जेठ ११ गते आम्रपाली ब्याक्वेंटमा गर्ने साधारण सभा स्थगित गरेको छ । त्यसैगरी प्रुडेन्सियल इन्स्योरेन्सले जेठ २ गते होटल इच्छा सिमरामा गर्ने साधारण सभा स्थगित गरेको हो । त्यसैगरी जनरल इन्स्योरेन्सकोले वैशाख २६ गते, गोखार्ज फाइनान्सले वैशाख २१ गते र वेष्ट फाइनान्सले वैशाख ३१ गतेका लागि तय भएको साधारण सभा स्थगित गरेका हुन् । यस बाहेक नाडेप लघुवित्त वित्तीय संस्थाले जेठ ७ गतेको साधारण सभा रद्द गरेर पुन : जेठ २७ गते साधारण सभा बोलाएको छ । यही निषेधाज्ञा बीच भने दुई  ओटा कम्पनीले साधारण सभा सम्पन्न गरेका छन् ।घलेम्दी हाइड्रो र जनउत्थान लघुवित्त वित्तीय संस्थाले साधारण सभा सम्पन्न गरेका हुन् । घलेम्दी हाइड्रोले सरकारले तय गरेको मापदण्ड अनुसार आवश्यक नियम पालन गरेर साधारण सभा सम्पन्न गरेको हो ।  त्यसैगरी जनउत्थान सामुदायिक लघुवित्तले बिहीवार भर्चुअल माध्यमबाट सभा सम्पन्न गरेको छ । कम्पनीले ४९ दशमलव ४० प्रतिशत बोनस शेयर र २ दशमलव ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।