भदौ २९, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सर्किट लागेको छ ।
कम्पनीको शेयर कारोबारमा आएको मंगलवार नौं दिन दिन हो । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भइ दोस्रो बजारमा कारोबार शुरु भएकै दिनदेखि कम्पनीको शेयरमूल्यमा लगातार सकारात्मक सर्किट लाग्दै आएको छ ।
यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७२८ पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ९९ हजार ९० कित्ता खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।