सानिमा लाइफको सेयर नेप्सेमा सूचीकृत

सानिमा लाइफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । प्रतिकित्ता एक सय रुपैयाँ अंकित २ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।कम्पनीले सर्वसाधारणका लागि ६० लाख कित्ता सेयर जारी गरेको थियो । जसमा संस्थापक १ करोड ४० लाख कित्ता जोडेर २ करोड कित्ता सेयर सूचीकृत भएको नेप्सेले आफ्नो वेबसाइटमार्फत जानकारी दिएको छ ।कम्पनीको सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम आज सूचीकृत भएको हो । यो सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट अर्थात भोलि १६ गतेबाट का

सम्बन्धित सामग्री

सानिमा लाइफको पहिलो कारोबार ३०९ रुपैयाँमा

सानिमा लाईफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) आजदेखि दोस्रो बजारमा कारोबारमा आएको छ । हिजो नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएपछि आजदेखि कारोबारमा आएको हो । कम्पनीको पहिलो कारोबार ३०९ रुपैयाँमा भएको छ ।नेप्सेले सूचीकरण भएपछि कम्पनीको ओपनिङ रेन्ज न्यूनतम १०३ र अधिकतम ३०९ रुपैयाँ कायम तोकेको थियो । नेप्सेमा कम्पनीको ६० लाख कित्ता सर्वसाधारणको सेयर र १ करोड ४० लाख संस्थापक सेयर नेप्सेमा सूचीकृत भएको छ कम्पनीले साउन २० देखि २४ गतेसम्म आईपीओ को बिक्री खुलाएको थियो । साउन ३० गते बाँडफाँड

सानिमा लाइफको सेयर सूचीकृत, आजबाट दोस्रो बजारमा कारोबार

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको ६० लाख कित्ता आइपिओसहित दुई करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको पहिलो कारोबारका...