श्रीलंकाले पाएन नयाँ अर्थमन्त्री, मन्त्री बन्न गरेको प्रस्तावलाई कसैले स्वीकारेनन् !

चैत २४, काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षलाई अर्थमन्त्री खोज्न धौधौ भइरहेको छ । राजापाक्षले संयुक्त सरकार गठन गर्न प्रतिपक्ष र आफ्नै गठबन्धन साझेदारहरुलाई पनि अनुरोध गरेका थिए । श्रीलंकाले यही महीना कर्जाका लागि अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग वार्ता गर्न गइरहेको छ ।  वार्ता गर्नका लागि वार्ता अगावै अर्थमन्त्री नियुक्त गर्नु पर्ने दाबब राजापाक्ष सामु छ । तर अहिलेसम्म उनले अर्थमन्त्रीका उमेदवार पाएका छैनन् । चरम आर्थिक संकटबीच सोमवार राजापाक्षले अर्थमन्त्री रहेका आफ्नै भाइ बसिल राजापाक्षलाई बर्खास्त गरेर अलि साब्रेलाई नियुक्त गरेका थिए । तर साब्रेले नियुक्ति लिएको भोलिपल्ट अर्थात् मंगलवारै राजीनामा दिए । सरकारले अधिकारीदेखि निजी क्षेत्रका पेशाकर्मीहरुलाई समेत अर्थमन्त्री बन्नका लागि अनुरोध गरिरहेको छ । तर राष्ट्रपति र उनका निकट सहयोगीहरुले साब्रेको सट्टामा अर्को अर्थमन्त्री पाउन नसकेको प्रशासन निकट स्रोतहरुले बताएको भन्दै अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार छापेको छ ।  पछिल्लो समय श्रीलंकामा महँगी एक दशकयताकै उच्च स्तरमा उक्लिएको छ । केन्द्र बैंकका नवनियुक्त गभर्नर नन्दलाल विरासिंघेले शुक्रबारको नीतिगत बैठकमा प्रमुख ब्याजदर २ प्रतिशतसम्म बढाउने अपेक्षा गरिएको छ । यसले अर्थतन्त्र झनै दबाबमा आउने र विरोध प्रदर्शन झनै चर्काउने देखिएको छ ।  अहिलेको वित्तीय संकटको समाधान खोज्न राजनीतिक स्थिरता चाहिने साब्रेको भनाई छ । आफूहरुले विश्व बैंक र एडीबीसँग पनि कुरा गर्नु पर्ने भएपनि यो वार्ता कसले गर्छ भनेर उनले उल्टै प्रतिप्रश्न गरेका छन् । एजेन्सीहरु

सम्बन्धित सामग्री

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको कार्यकालमा तय भएका सकारात्मक कार्यक्रममा कुनै परिवर्तन नहुने जानकारी दिनुभएको छ । विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्का देशीय निर्देशक फारिस हदाद जर्भोससँग शुक्रबार मन्त्रालयमा भएको भेटमा उहाँले मन्त्री फेरिँदैमा सरकारको नीतिमा तात्विक परिवर्तन नहुने बताउनुभयो । निवर्तमान अर्थमन्त्री डा महतले संसद्मा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको …

अर्थतन्त्र काबुभन्दा बाहिर पुगिसकेको छैन : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र काबुभन्दा बाहिर गैनसकेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितसँगको भेटमा मन्त्री पौडेलले अर्थतन्त्रलाई दीगो वृद्धिको बाटोमा लैजनाका लागि प्रयास गर्ने पनि बताए । पत्रकारहरूसँगको भेटमा मन्त्री पौडेलले राम्रो काम गरेको भए राम्रो र राम्रो काम नगरे आलोचनात्मक टिप्पणी गर्न आग्रह गरे । उनले भने–‘अर्थतन्त्रको स्थिति काबू बाहिर पुग्यो भन्ने होइन । समस्याहरु धेरै छन् । त्यसमा केही मिसह्याण्डलिङ पक्कै भएको हो । य

एमालेबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने, अरु मन्त्री को को ?

काठमाडौं, ११ पुष । नेकपा (एमाले) ले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागिता जनाउने भएको छ । पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने भएका हुन् । उनलाई सोमबार नै शपथ ग्रहण गराउने तयारी छ । एमाले उच्च स्रोतकाअनुसार अध्यक्ष केपी शर्मा ओलीले आजै ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई मन्त्री बनाउने निर्णय गरेका छन् । उनीहरुले […]

अर्थमन्त्री शर्मामाथि लागेका मुख्य आरोप

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मन्त्री भएदेखि नै विवादास्पद र स्वार्थप्रेरित काम गर्दै आइरहेको अर्थ मन्त्रालयकै अधिकारीहरूको अनुभव छ । जिद्दी स्वभावका शर्माले मन्त्रालयको हितमा राम्रा र असल सुझाव दिने कुनै पनि कर्मचारीलाई टिक्न दिएनन् । आर्थिक क्षेत्रको ज्ञाताकै रूपमा छवि बनाएका र काममा पोख्त रहेका तत्कालीन अर्थसचिव शिशिरकुमार ढुंगाना उनको पहिलो तारो बन्न पुगे […]

म राजीनामा दिन्नँ : अर्थमन्त्री शर्मा

काठमाडौं, २१ असार । अर्थमन्त्री जनार्दन शर्माले आफूले पदबाट राजीनामा नदिने बताएका छन् । पछिल्लो समय अर्थमन्त्री शर्माको राजीनामा मागिएको छ। तर, मन्त्री शर्माले भने कुनैपनि हालतमा आफूले राजीनामा नदिने प्रतिक्रिया दिएका छन् । रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा उनले भने,‘मैले किन राजीनामा दिने ? के गल्ती गरेको छ र ?’ माओवादी केन्द्रको आज विहान […]

अर्थमन्त्री बराललाई नहटाउने सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धनमा गण्डकी प्रदेशको अर्थमन्त्री रामजी बराललाई नहटाउने सहमति भएको छ । गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले पारित गरेको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम हटाएर बजेट पेश गरेपछि मन्त्री बरालसँग मुख्यमन्त्री र सत्तारुढ सांसदहरु नै रुष्ट बनेका थिए । अर्थमन्त्री बराललाई हटाउनुपर्ने र निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमलाई बजेटमा समावेश गर्नुपर्ने सत्तारुढ सांसदहरुको माग थियो । […]

फेरि विवादमा अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्मा फेरि विवादमा तानिएका छन्। सत्ता साझेदार माओवादी केन्द्रको नेतृत्व गर्दै सरकारमा सहभागी भएका मन्त्री शर्मामाथि आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माण गर्दा राजस्वसहितका विषय चुहावट गरेको आरोप लागेको छ।...

अनलाइनहरुले पनि चाँडै सरकारी विज्ञापन पाउँछन् : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले अब चाँडै अनलाइनहरुले पनि सरकारी विज्ञापन पाउने बताएका छन् । सोमबार प्रेस सेन्टर नेपाल काठमाडौंको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका छन् । मन्त्री शर्माले प्रेस काउन्सिल नेपाललाई कार्यविधि बनाई मूल्याङ्कन गरेर अनलाइनहरुलाई पनि सरकारी विज्ञापन दिन आग्रह गरेकाले चाँडै प्रक्रिया अगाडी बढ्ने बताए । उनले त्यसको लागि प्रेस सेन्टरले पनि थप पहल गर्दा अझ चाँडै प्रक्रिया अगाडि बढ्न सक्ने बताए । मन्त्री शर्माले भने,‘सरकारले अनलाइन