कास्की – गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले गठबन्धन सरकारमा मुख्यमन्त्री र अर्थमन्त्री एउटै दलको नहुँदा पश्चात्ताप भएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन कास्कीले आज बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री थापाले मुख्यमन्त्री र अर्थमन्त्रीबीच बजेट निर्माणमा कुरा नमिल्दा सोचेअनुसार काम हुन नसकेको समेत स्वीकार गर्नुभयो । गण्डकी सरकारले बजेटको बेला सवारी, मालपोतलगायत क्षेत्रमा गरेको कर वृद्धि चुनावकाे मिति घोषणा भएपछि सच्याएको समेत उहाँले बताउनुभयो । उहाँले बजेट ...