अर्थमन्त्री जनार्दन शर्मा फेरि विवादमा तानिएका छन्। सत्ता साझेदार माओवादी केन्द्रको नेतृत्व गर्दै सरकारमा सहभागी भएका मन्त्री शर्मामाथि आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माण गर्दा राजस्वसहितका विषय चुहावट गरेको आरोप लागेको छ।...
काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करकाे दर हेरफेर गरेको आरोप लागेसँगै विवादमा रहेका अर्थमन्त्रीमाथि राजीनामा दिन ठूलो दबाब रहँदै आएको थियो । त्यसमाथि पछिल्लो समय अर्थमन्त्रालयको […]
करको दर हेरफेर र सीसीटीभी फुटेज विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिने भएका छन् । प्रतिनिधिसभाको बैठकमा आफ्ना कुरा राख्दै अर्थमन्त्री शर्माले राजीनामाको घोषणा गर्ने भएका हुन् । अर्थमन्त्री शर्मा केहीबेर अघि संसद भवनमा पुगेका छन् । सम्बोधनका क्रममा शर्माले आफुले कुनै गल्ती नगरेको दाबी गर्दै आफुमाथि लागेको आरोपबारे छानबिन गर्न सघाउने प्रतिवद्धता […]
काठमाडाैँ- अर्थसचिव मधु मरासिनी बिदामा बसेका छन्। उनले अर्थमन्त्री शर्मा रहुन्जेलसम्म उक्त जिम्मेवारीमा नफर्कने बताएका छन्। अर्थसचिव मरासिनीले मुख्यसचिव शंकरदास बैरागीलाई भेटेर बिदा स्वीकृति गराएका हुन्। यद्यपि उनकाे कति समयका लागि बिदा लिएकाे हाे, यस बारेमा अर्थ मन्त्रालय स्राेत केही बताएकाे छैन। गत १४ जेठकाे मध्यराति अर्थमन्त्री शर्माले बजेट निमार्णको क्रममा अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश […]
सरकारले निकासीमा अनुदान बढाउने नीति लिए पनि यो व्यवस्था लागू नहुँदै विवादमा परेको छ । अर्थमन्त्री जनार्दन शर्माले गत जेठ १५ गते संघीय संसद्मा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा निकासीमा ८ प्रतिशतसम्म अनुदानको घोषणा गरेका थिए । साउनदेखि लागू हुने यो व्यवस्था बजेट कार्यान्वयनमा नआउँदै विवादमा परेको हो ।उच्च निर्यात सम्भावना भएका […]
काठमाडौँ – बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई सहभागी गराएपछि विवादमा तानिएका अर्थमन्त्री जनार्दन शर्माको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेका छन्। जेठ १४ गते राति बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्न अनाधिकृत रूपमा पूर्वनासु रघुनाथ घिमिरे र अर्का एक व्यक्तिलाई जिम्मेवारी दिएको तथ्य सार्वजनिक भएपछि शर्माले पद छाड्नुपर्ने आवाज संसददेखि दलहरूभित्र समेत उठिरहेको छ। नेकपा […]
काठमाडौं । राजस्व प्रशासनमा संवेदनशील विषय मानिने करको दर हेरफेरमा बढी रुचि देखाएका अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएका छन्। शर्माले अर्थमन्त्रीका रूपमा दुई आर्थिक वर्ष (चालु र आगामी) को बजेट ल्याएका छन्। गत वर्ष स्टिल उद्योगमा राजस्वका दर परिवर्तन गर्दा उनी विवादमा तानिएका थिए। यो वर्ष एमएस वायर, वनस्पति घिउ, तेल, स्यानेटरी प्याडलगायत उद्योगलाई असर […]
काठमाडौं : गभर्नर निलम्बनको विषयले अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएका छन्। उनलाई सत्तारुढ दलभित्रबाटै राजीनामा दिनुपर्ने दबाव सिर्जना भएको छ। अर्थमन्त्री शर्माको व्यक्तिगत टकरावका कारण सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई चैत २६ गते निलम्बन गरेको थियो।
छानबिन गर्ने भन्दै अधिकारीलाई निलम्बन गरेको थियो। यो निर्णयविरुद्ध अधिकारी वैशाख ४ गते सर्वोच्च अदालत…
सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको नयाँ बजेटमा पूर्वाधार क्षेत्रमा लगानी गरे त्यस्तो लगानीको आयस्रोत नखोजिने विषय विवादमा परेको छ । कतिपयले यसलाई ‘कालोधन’ शुद्धीकरणको पक्षमा गरिएको व्यवस्था भनेर चर्को आलोचनासमेत गरेका छन् ।अर्थमन्त्री जनार्दन शर्माले गत २५ भदौमा संघीय संसद्मा चालू आर्थिक वर्षको नयाँ बजेट सार्वजनिक गर्दै ‘देशको पूर्वाधार क्षेत्रमा लगानीको आयस्रोत नखोजिने’ घोषणा गरेका थिए । सरोकारवाला पक्ष र विज्ञहरूले यसको आलोचना गरेका हुन् । सम्पत्ति शुद्धीकरणसम्बन्