काठमाडौं : सदाझैँ शनिबार बिहान पनि अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाडि ठूलै भिड थियो। अन्तर्राष्ट्रिय विमानस्थल यस्तो संगमस्थल हो, जहाँ वर्षौं छुटेका आफन्तको मिलन र अब वर्षौं छुटिनुपर्नेहरूको कथा एकैपटक देखिन्छ।एकातिर मलिन अनुहार,रसाएका आँखाको आँसु पुछ्दै,फिक्का हाँसोका साथ बिदाइका हात हल्लाइरहेकाको भिड, अर्कातिर वर्षौं छुटिएका आफन्त नेपाल फर्कंदा खुसी।विमानस्थलमा देखिने यस्तो दृश्य नौलो भने होइन। तर, त्यही माझमा अलि फरक दृश्य पनि थियो। रातो रङको कुर्ता सुरुवाल,मुखमा मास्क,