वैदेशिक रोजगारको कहर : ११ अस्तु, ६ शव नेपाल आइपुगे [तस्बिर]

काठमाडौं : वैदेशिक रोजगारमा गएका ६ नेपालीको लास नेपाल ल्याइएको छ। शनिबार ११ अस्तु र ६ शव नेपाल ल्याइएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ।मलेसियाबाट ल्याइएका उक्त शव सुनसरी, सल्यान, काभ्रे, धादिङ, रुकुम, धनुषा, नुवाकोट र पर्वतका  व्यक्तिको हो।  मलेसियाबाट मात्र एक महिनाको अवधिमा करिब एक सय शव नेपाल ल्याइएको छ।