समृद्ध नेपाल, सुखी नेपालीको नारा विचारमात्र नभएर दर्शन पनि हो : एमाले सचिव भट्ट

कञ्चनपुर  ः नेकपा (एमाले)का केन्द्रीय सचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले एमालेको समृद्ध नेपाल, सुखी नेपालीको नारा विचारमात्र नभएर दर्शनसमेत भएको बताएका छन्।एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुने कार्यक्रमको तयारी सम्बन्धी जानकारी दिन मंगलबार पार्टी कार्यालय मदन आश्रित सदनमा गरिएको पत्रकार सम्मेलनमा उनले देशी विदेशी शक्तिहरूका कारण समृद्ध नेपाल, सुखी नेपालीको अभियान सफल हुन नसकेको बताए।सचिव भट्टले सत्तारुढ गठबन्धन सरकार एमालेविरुद्ध भ्रम फैलाउन लागेको उल्लेख गर्दै देशक