नेकपा माओवादी केन्द्र बुटवल उपमहानगर नेतृत्व छान्ने विषयमा चरण विवाद देखिएको छ । गत मंसिर १८ गते पूर्वमन्त्री एवं प्रदेश इन्चार्ज चक्रपाणि खनाल (बलदेव )ले उद्घाटन गरे पनि आज सम्म नेतृत्व चयन गर्न सकेको छैन । सहमतिमा नेतृत्व चयनका नाममा अधिवेशन सकिए पनि अहिलेसम्म उपमहानगर कमिटी नेतृत्वविहीन अवस्थामा रहेको हो । विवादका कारण प्रदेश प्रतिनिधि पनि छनौट गर्न सकेको छैन ।केही नेताहरूले आफूखुसीका व्यक्तिलाई नेतृत्वमा ल्याउन खोजेको भन्दै यहाँका पुराना नेता कार्यकर्ताले विरोध जनाइरहेका छन्