ओलीले कम्युनिष्ट आन्दोलन ध्वस्त पारे : नेकपा (एस) सचिव विश्वासी

नेकपा (एकीकृत समाजवादी) का सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासीले एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलन ध्वस्त पारेको आरोप लगाएका छन् ।  शनिवार रूपन्देहीको भैरहवामा आयोजित समाजवादी सिद्धार्थनगरको युवा भेलामा बोल्दै विश्वासीले आफूलाई संविधान, पार्टी विधान, विचार सबैभन्दा माथि राखेर ओलीले अघि बढेको बताए ।  ‘ओली प्रवृत्तिकै कारण आज कम्युनिष्ट आन्दोलन रक्षात्मक भएको छ,’ उनले भने, ‘ओलीले रक्षात्मक र ध्वस्त पारेको कम्युनिष्ट आन्दोलन समाजवादीले जोगाएर आगामी दिनमा बलियो बनाउँछ ...