काठमाडाैं : नेकपा एमाले माधवकुमार नेपाल समूहकी बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीको सत्ता लिप्साका कारण गणतन्त्र समाप्त हुने स्थितिमा पुगेको बताएकी छन्। एमाले नेपाल समूहको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको शपथ ग्रहणमा शाक्यले ओलीकै कारण संघर्षपछि स्थापित गणतन्त्र समाप्त हुने स्थितिमा पुगेको बताइन्।अध्यक्ष ओलीले गणतन्त्र ल्याउन लागि योगदान गरेका योद्धाहरुलाई कारबाही गरेर आफू सत्ता र कुर्सी जोगाउने खेलमा लागेको आरोपसमेत उनले लगाइन्।