एमाले निकट सङ्गठन प्रवासी नेपाली संघ भारत, विप्लव नेतृत्व सङ्गठनलगायत अन्य सङ्गठनका नेता कार्यकर्ता माओवादी निकट अखिल भारत नेपाली एकता मञ्चमा प्रवेश गरेका छन् । आइतबार एक कार्यक्रमका बीचमा प्रवासी नेपाली संघ भारतका सचिवालय सदस्य कृष्ण प्रसाद भट्टराईसहित दर्जनौँ कार्यकर्ता अखिल भारत नेपाली एकता मंचमा प्रवेश गरेका हुन् । पंजाबको लुधियानामा भएको कार्यक्रममा एकता मंचका केन्द्रीय अध्यक्ष राजेन्द्र शर्मा र वरिष्ठ उपाध्यक्ष जेबी रसालीले अविरमाला लगाएर स्वागत गरेका थिए