काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज शुक्रबार दोहोरो अंकको गिरावट आएको छ। केही दिनदेखि निरन्तर उकालो लागेको नेप्से आज भने घटेको हो।
आज नेप्से १५.८२ अंकले घटेर २ हजार २२३.७८ विन्दुमा बन्द भएको छ। बिहिबार नेप्से ८.०३ अंकले बढेर २ हजार २३९.६० विन्दुमा बन्द भएको थियो।