बाढीपहिरोले सडक र पुलमा अर्ब बढीको क्षति

असार पहिलो साता अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण मनाङ अहिले सडक सम्पर्कविहीन छ । डुम्रे–बेंसीसहर–चामे सडक खण्डको दर्जन बढी स्थानमा पहिरो खसेको र सडक बगेको छ । जसले गर्दा यातायात ठप्प छ ।

सम्बन्धित सामग्री

प्राकृतिक विपत् र अनुकूलन

मनसुन शुरू भए पनि पर्याप्त वर्षा नहुँदै मुलुकका केही भागमा आएको बाढीले भौतिक पूर्वाधारहरूमा क्षति पुर्याएको छ । प्राकृतिक विपत् मानवीय नियन्त्रणबाहिर भए पनि त्यसले पुऱ्याउने क्षति न्यून गर्न भने सकिन्छ । तर, नेपालमा सरकारले क्षति न्यून गर्न प्रभावकारी नीति अवलम्बन गर्न भने सकेको छैन । यसले दिगो विकासको लक्ष्यमाथि नै चुनौती थपेको छ । त्यसैले आगामी दिनमा बनाइने पूर्वाधारमा सकेसम्म कम क्षति पुगोस् भन्नेमा ध्यान दिन ढिला भइसकेको छ । असारको पहिलो हप्ता पूर्वी नेपालमा आएको बाढीले ३० ओटा जलविद्युत् आयोजनामा साढे ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। यसबाट कुल ४६३ मेगावाट क्षमता उत्पादन प्रभावित भएको छ । जलविद्युत् आयोजनामात्र होइन, बाढीपहिरोबाट खानेपानी आयोजना र सडक तथा पुलहरूमा समेत क्षति पुगेको छ । यस्तो क्षति वर्षेनि हुने गरे पनि पूर्वाधार निर्माणमा आवश्यक सतर्कता अपनाउन सकिएको छैन । पहाडमा जथाभावी खनिएका सडक अहिले धराप जस्तै बनेका छन् । डोजरे विकासको नामले चिनिएका सडकहरूबारे पर्याप्त अध्ययन भएको पाइँदैन । खासगरी त्यसले बातावरणीय क्षति कति पुयाउँछ भन्ने कुनै अध्ययन छैन। भौगोलिक बनोट पनि अध्ययन भएको छैन । त्यसैले अहिले पहाडी क्षेत्रमा पहिरोको समस्या बढी देखिइरहेको छ । सडक खन्ने जस्तो काम लहडबाजीमा गर्न दिनु हुँदैनथ्यो । तर, डोजर चालक नै इन्जिनीयर बनेजस्तो गरी सडक खनिएकाले पहिरो नेपालका लागि ज्यादै डरलाग्दो समस्या बन्ने देखिन्छ । यही पहिराका कारण जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ । बाढीपहिरोको समस्या एकातिर मानव सृजित समस्या हो नै । साथै अहिले विश्वभरि नै देखिएको जलवायु परिवर्तनको असर पनि हो । जलवायु परिवर्तनको कारक नेपाल होइन भन्दा हुन्छ किनभने यहाँ ठूलो परिमाणमा प्राकृतिक असन्तुलन ल्याउने गरी विकास निर्माणका काम भएका छैनन् । जलवायु परिवर्तनको असर नेपालले आफै कम गर्न सक्दैन । तर, अब निर्माण हुने आयोजनाहरूको हकमा भने यस्तो परिवर्तनलाई अनुकूलन गर्न सक्ने गरी नीति लिइनुपर्छ । जलवायु परिवर्तनको असर नेपालले  आफै कम गर्न सक्दैन । तर, अब निर्माण हुने आयोजनाहरूको हकमा भने यस्तो परिवर्तनलाई अनुकूलन गर्न सक्ने गरी नीति लिइनुपर्छ । भौतिक विकास र विनाशबीच अन्तर्द्वन्द्व चलिरहेको हुन्छ । प्रकृतिमा हस्तक्षेप गरे समस्या निम्तिन्छ भनी विकास निर्माणका काम पूरै ठप्प गर्नु बुद्धिमानी होइन । र, भौतिक विकासको प्रतिस्पर्धामा लागेर प्राकृतिक विनाश निम्त्याउनु पनि बुद्धिमानी मान्न सकिँदैन । त्यसैले यी दुवै पक्षबीच सन्तुलन राख्न आवश्यक छ । यो भनेको सम्भावित प्राकृतिक विपत्तिबाट जोगिनेगरी पूर्वाधार निर्माण गर्नु हो । नेपाल जलस्रोतमा धनी छ र जलविद्युत्मा ठूलो सम्भावना छ भनिरहँदा यसको दोहन कसरी गर्ने भन्नेमा पर्याप्त अध्ययन र अनुसन्धान जरुरी छ । हरेकजसो वर्ष कुनै न कुनै क्षेत्रका जलविद्युत् आयोजनाहरूमा क्षति पुगिरहेको पाइन्छ । आयोजनाहरूले बीमा गरेकाले कम्पनीले बीमाबाट क्षतिपूर्ति लिन सक्छ तर यसरी आयोजनाहरूमा निरन्तर क्षति भइरहँदा यसमा लगानी आकर्षण रोकिन पनि सक्छ । अर्को गम्भीर विषयमा नेपालको ध्यान जानु जरुरी छ । विश्व तापमानमा यही कमले वृद्धि जारी रहे हिमाल रित्तै हुने सम्भावना विज्ञहरूले बताइरहेका छन् । यसो हुँदा हिमनदीहरूमा कुनै बेला बाढी आउने र त्यसपछि नदी सुक्दै जाने प्रबल सम्भावना छ ।  अबको २०/२५ वर्षमै सेता हिमाल काला पहाडमा परिणत हुन सक्ने खतरा औंल्याइँदै छ। यसो हुने हो भने जलविद्युत् आयोजनाहरूको भविष्यमात्र होइन यस क्षेत्रमा बसोवास गर्ने मानिस र जनावरको अस्तित्वमा समेत समस्या आउन सक्छ। त्यसैले नेपालले विश्व रंगमञ्चमा आफ्नो समस्या राख्न सक्नुपर्छ । विकसित देशकै कारण नेपाल समस्यामा पर्दै जाने देखिएकाले त्यसको क्षतिपूर्तिका लागि सशक्त आवाज उठाउनुसमेत पर्छ । तर, मुख्य कुरा नेपालमा बन्ने जलविद्युत् आयोजना यस्ता सम्भावित प्रकोपबाट प्रभावित नहुने गरी बनाइनु आवश्यक छ। प्राकृतिक विपत्लाई रोक्न सक्ने सम्भावना नभए पनि जलवायु परिवर्तनका कारण हुने असरलाई कम गर्ने भनेको यस्तो अवस्थासँग अनुकूलनको अभ्यास र नीति नै हो । त्यसैले विद्युत् नियमन आयोगजस्ता निकायले जुनसुकै आयोजना शुरू गर्दा वातावरणसँग अनुकूलन गर्न विशेष ध्यान दिनुपर्छ । अनुकूलन हुन नसक्ने आयोजनाको लगानी खेर जाने सम्भावना बढी हुन्छ । जलविद्युत् जस्ता आयोजनामा आईपीओमार्फत सर्वसाधारणको पनि लगानी भएकाले नियमनकारी निकाय झनै चनाखो हुन आवश्यक छ ।

महाकाली पुलको निर्माण सुस्त

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पक्की पुलको काममा ढिलाइ भएको छ । सुदूरपश्चिमकै ठूलो आयोजनामा पर्ने चार लेनको ८०० मिटर लम्बाइको पक्की पुलसँगै बन्ने बाँध, पहुँचमार्गलगायतमा प्रक्रियागत उल्झन देखिएपछि ढिलाइ भएको हो । गत कात्तिक पहिलो साता महाकाली नदीमा आएको बाढीपछि यहाँ पुलको काम प्रभावित बन्न पुगेको थियो । त्यसयता पुलको काम छिटफुट रूपमा भए पनि बाँध निर्माणलगायत काम भने शुरू नै हुन सकेको छैन । पुलको चौतर्फी बन्ने पोखरीका लागि ‘गाइडबण्ड’ बनाउन डिजाइन परिवर्तन स्वीकृत भए पनि ‘भेरिएसन अर्डर’ नहुँदा काम अघि बढ्न नसकेको निर्माण कम्पनीले बताएको छ । यसअघि ठूला ढुंगाको गाइडबण्ड बनाउने सम्झौतामा रहे पनि त्यसको व्यवस्थापन हुन नसकेपछि डिजाइन परिवर्तनको पहल भएको हो । गाइडबण्ड बनाउन करीब १ लाख ८१ हजार घनमिटर ढुंगा आवश्यक पर्ने बताइएको छ । पुल निर्माणको जिम्मा पाएको कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्स्ट्रक्सन कम्पनी (सीएफसी) जेभीका इन्जिनीयर किशोरराज पाण्डेयले  गाइडबण्डको डिजाइन परिवर्तन भए पनि ‘भेरिएसन अर्डर’ नहुँदा आर्थिक विषय नटुंगिएको बताए । ‘गत फागुन २३ गते डिजाइन परिवर्तन भए पनि ‘भेरिएसन अर्डर’ नहँुदा काममा ढिलाइ भयो,’ इन्जिनीयर पाण्डेयले भने, ‘डिजाइन परिवर्तनसँगै रकम पनि तल–माथि हुन्छ ।’ ‘अब वर्षात् नजिकिँदै छ र यसका कारण खोलाभित्रको काम प्रभावित हुन्छ,’ उनले भने, ‘अन्य निर्माण भने चलिरहेको छ ।’ गत जेठ र कात्तिकमा महाकालीमा आएको बाढीले निर्माण कम्पनीको करीब २० करोडभन्दा बढीको क्षति पुर्‍याएको थियो । त्यसैगरी पुलसँगै सात दशमलव आठ किलोमिटर ६ लेनको पहुँचमार्गअन्तर्गत चार किलोमिटरभन्दा बढी सडक कालोपत्र भइसकेको छ । रू. तीन अर्ब ६६ करोडको लागतमा निर्माण हुन लागेको पुल आयोजनाको ७६ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । पुल बने सुदूरपश्चिमको आर्थिक विकासले फड्को मार्ने अपेक्षा गरिएको छ । उक्त आयोजनाको निर्माण दु्रतगतिमा गर्न महाकाली तटीय क्षेत्रका स्थानीयवासीले दबाब दिँदै आएका छन् । योजनामा पुलको दुवैतर्फ ५ हजार ४०० मिटर बाँध निर्माण गर्नुपर्ने व्यवस्था छ । २०७४ भदौदेखि पुल निर्माण शुरू भएकोमा कारोना महामारीका कारण दुई पटकसम्म प्रभावित बनेको थियो । रासस

महाकाली पुलको काम प्रभावित

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशकै ठूलो आयोजनामध्ये पर्ने कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको काम साढे तीन महीनायता प्रभावित छ । गत कात्तिक पहिलो साता महाकाली नदीमा आएको बाढीले पुलसँगै बनेको पहुँच मार्गलगायत संरचना बगाएपछि प्रभावित बनेको आयोजनाको निर्माणले अझै गति लिन सकेको छैन । पुलको चौतर्फी बन्ने पोखरीका लागि ‘गाइडबण्ड’ बनाउन डिजाइन परिवर्तन गर्ने प्रक्रिया अघि बढेपछि निर्माणको काम रोकिएको हो । यसअघि ठूला ढुंगाको ‘गाइडबण्ड’ बनाउने भनिए पनि ठूलो ढुंगाको व्यवस्थापन हुन नसकेपछि डिजाइन परिवर्तनको पहल अघि बढेको छ । ‘हामीलाई गाइडबण्ड बनाउन करिब एक लाख ८१ हजार घनमिटर ढुंगा आवश्यक थियो,’ पुल निर्माणको जिम्मा पाएको कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्स्ट्रक्सन कम्पनी (सीएफसी) जेभीका इञ्जिनीयर किशोरराज पाण्डेयले भने, ‘अहिले डिजाइन परिवर्तनको काम नसकिएकाले निर्माणको काम ठप्प जस्तै छ ।’       पुलको ‘स्ल्याब’ ढलानको काम सकिएको जानकारी उनले दिए । ‘७ दशमलव ८ किमी ६ लेनको पहुँच मार्गअन्तर्गत चार किमी सडक कालोपत्र भइसकेको छ,’ उनले भने, ‘गाइडबण्डका लागि स्थानीय प्रशासनसँग समन्वय गरेर चुरेतर्फका खोलाबाट करिब १८ हजार घनमिटर ढुंगा ल्याए पनि त्यसले पर्याप्त भएन ।’ उनका अनुसार गाइडबण्ड बनाउन २५७ किलोग्रामभन्दा माथिका ७० प्रतिशत र २० देखि ४० किलोग्रामका ३० प्रतिशत ढुंगा आवश्यक थियो । तीन अर्ब ६६ करोडको लागतमा निर्माण हुन लागेको पुल आयोजनाको ७२ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । ‘पुलको रेलिङ र रङरोगनको काम गर्ने तयारी हँुदै छ,’ उनले भने, ‘मौसम प्रतिकूलताका कारण कालोपत्र कार्य रोकिएको छ ।’ सुदूरपश्चिमको व्यापारिक नाकाका रूपमा विकास गर्न खोजिएको पुलको पारि र वारि दुवैतर्फ पाँच हजार ४०० मिटर बाँध निर्माण गर्ने योजना छ । महाकाली पुल योजना कार्यालयका इञ्जिनीयर दुर्गा अवस्थीले वाइडबण्डको डिजाइन परिवर्तनका लागि फाइल विभागमा पेश भएको बताए । ‘कोरोनाका कारण डिजाइन परिवर्तनको काममा केही ढिलाइ भएको हो,’ उनले भने, ‘छिट्टै डिजाइन परिवर्तनको काम सकिनेछ ।’ उनले पुलको अरू काम भने सञ्चालन रहेको बताए । २०७४ भदौदेखि शुरू भएको पुल निर्माणको अवधि आगामी फागुन १५ गतेसम्म रहेको छ । गत जेठ र कात्तिकमा महाकालीमा आएको बाढीले निर्माण कम्पनीको करिब २० करोडभन्दा बढीको क्षति पुर्‍याएको थियो । रासस

सडकमा झन्डै रू. ४ अर्बको क्षति

काठमाडौँ । यो वर्षको वर्षायामदेखि कात्तिकको बेमौसमी पानी पर्दासम्म मुलुकभरका सडक तथा पुलहरू भत्किँदा झन्डै रू. ४ अर्ब बराबरको क्षति पुगेको छ । जेठ मसान्तदेखि परेको पानी र कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाका कारण मुलुकभरका सडक तथा पुलहरूमा उक्त रकम बराबरको क्षति पुगेको हो । कात्तिकमा परेको अविरल वर्षाका कारण रू. १ अर्ब ५ करोड बराबरको क्षति भएको छ । क्षतिको विवरण थप आउँदै गरेको हुँदा यो रकम पनि बढ्ने सडक विभागको आकलन छ । विभागका प्रवक्ता शिवप्रसाद नेपालले क्षतिको विवरण प्राप्त भए पनि अझै केही स्थानहरूबाट थप क्षति भएको विवरण आइरहेको हुँदा यो रकम बढ्न सक्ने बताए । यसअघि जेठ मसान्तदेखि परेको झरीका कारण सडक पूर्वाधारहरूमा रु. २ अर्ब ४० करोडसम्मको क्षति भएको थियो । यस समयमा १०० भन्दा बढी सडकहरू र २६ ओटा पुलहरूमा क्षति पुगेकोे थियो । थप क्षतिको विवरण आउने क्रममा रहेकाले क्षति बढ्ने प्रारम्भिक आकलन गरिएको उनको भनाइ छ । ‘यो वर्ष क्षति रू. ४ अर्ब नजिक पुग्ने देखिएको छ,’ उनले भने, ‘पश्चिम नेपालका बझाङलगायतका क्षेत्रहरूमा टोली पुग्नै सकेको  छैन, यसले गर्दा पनि पूर्ण विवरण आइपुग्दासम्म कुल क्षति बढ्ने देखिन्छ ।’ यस वर्ष ८० वर्षपछि कात्तिक महीनामा धेरै पानी परेको मौसम विभागले बताउँदै आएको छ । जलवायु परिवर्तनले पानी पर्ने प्याटर्न नै बदलिएको छ । यस्तोमा जथाभावी खनिएका सडकहरूका  कारण वर्ष सडक तथा यातायात पूर्वाधारमा ठूलो क्षति भएको नेपाल बताउँछन् । ‘अहिले नदीमा बढेको पानीको सतहले पुलहरूलाई छोएको छ,’ उनले भने, ‘पानीका साथै नदीले एप्रोच सडक पनि पार गरेको अवस्था छ । तराईतिर प्राकृतिक बहावका ठाउँहरू र खोल्साखाल्सीहरू मिचेर प्लटिङ गर्ने, पर्खाल लगाउने आदि गरिएकाले तराई अब सधैँ डुबानमा पर्छ ।’ तराईमा अधिक मात्रामा सडकहरू बनिरहेको भन्दै उनले प्राकृतिक रूपमै नदी तथा पानीको बहाव नियन्त्रण र व्यवस्थापन गर्न जरुरी भएको उनले बताए । कात्तिक पहिलो साताकै केही दिनमा परेको अविरल वर्षाका कारण मुलुकभरका विभिन्न १९ स्थानका सडकहरूमा क्षति पुगेको छ, भने पुलहरू पनि भासिएका  छन् । सडक विभागका अनुसार यस अवधिमा मुलुकभरका विभिन्न स्थानका सडक तथा पुलमा रू. १ अर्बभन्दा बढीको क्षति भएको छ । यसअघि जेठ मसान्तदेखि परेको वर्षाका कारण पनि सडक तथा पुलहरूमा ठूलो क्षति पुगेको थियो । कात्तिकमा परेको वर्षाबाट कालिकोट, सिन्धुली मनाङ, सल्यान, प्युठान, धनकुटा, बझाङ, दार्चुला, ओखलढुंगा, स्याङ्जा, डोटी, डडेलधुर र बैतडी जिल्लाका सडकमा क्षति पुगेको छ । यसमध्ये डुम्रे–बेशीसहर–चामे सडक खण्डको मनाङ जिल्लाका ३ स्थानका सडकहरू हालसम्म पनि अवरुद्ध रहेका छन् । यी सडक कात्तिक २ गतेदेखि नै अवरुद्ध छन् । भारी वर्षाका कारण मध्यपहाडी राजमार्गको सिन्धुली, सिद्धार्थ राजमार्ग, धनगढी–सहजपुर–बुडर–स्याउले, सतबाँझ–थाकतोली–दार्चुला–टिंकर सडकलगायतका स्थानहरूका सडकमा क्षति पुगेको छ ।

बेमौसमी वर्षाका कारण सात अर्बको धान र सडकमा एक अर्ब बढीको क्षति

मनसुन सकिएर हिउँद लाग्ने बेला अनि देश नै दशैंमा झुमिरहेका बेला भएको बेमौसमी वर्षाका कारण मुलकभर ७ अर्ब बढीको धानखेती क्षति भएको छ । त्यस्तै बाढी र पहिरोले राजमार्गहरुमा एक अर्ब ५ करोडको क्षति भएको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले कात्तिक १ गतेयता परेको वर्षाका कारण आएको बाढी र पहिरोले १ अर्ब ५ …

बेमौसमी वर्षाले राष्ट्रिय राजमार्गमा १ अर्ब बढीको क्षति

७ कात्तिक, काठमाडौं । बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोले कात्तिक १ गतेयता राष्ट्रिय राजमार्गमा मात्रै १ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले संसदको विकास तथा प्रविधि समितिमा आइतबार प्रस्तुत प्रारम्भिक क्षतिको विवरण अनुसार बेमौसमी वर्षापछि आएको बाढी पहिरोले १ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति पुगेको हो । […]

पहिरोले मेलम्ची खानेपानी आयोजनामा एक अर्बको क्षति

काठमाडौं। गत साता गत गएको पहिरोले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति गरेको छ। मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’बाहेक अरू संरचनामा पहिरोले क्षति पु¥याएको बताए। निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना पहिरोले बगाएको छ। निर्माणस्थलसम्म पुग्ने सडक र पुल बगाएकाले अब काम गर्न पनि कठिन हुने उनले बताए।