बेमौसमी वर्षाले राष्ट्रिय राजमार्गमा १ अर्ब बढीको क्षति

७ कात्तिक, काठमाडौं । बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोले कात्तिक १ गतेयता राष्ट्रिय राजमार्गमा मात्रै १ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले संसदको विकास तथा प्रविधि समितिमा आइतबार प्रस्तुत प्रारम्भिक क्षतिको विवरण अनुसार बेमौसमी वर्षापछि आएको बाढी पहिरोले १ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति पुगेको हो । […]

सम्बन्धित सामग्री

बेमौसमी वर्षाले कृषिमा साढे ३ अर्बको क्षति

कञ्चनपुरमा बेमौसमी वर्षाले खेतीपातीमा साढे ३ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । पालिकाहरूमार्फत संकलन गरिएको तथ्यांकअनुसार धानवाली, तोरी, आलु, तरकारी र केरालगायतमा ३ अर्ब ६३ करोडको क्षति भएको हो । सबैभन्दा बढी धानबालीमा क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाका नौवटै स्थानीय तहमा १६ हजार ३०२ हेक्टरको धानबाली नष्ट भएको छ । जुन जिल्लामा धानखेती हुने क्षेत्रफल ४६ हजार ४९६ हेक्टरको ३३ प्रतिशतभन्दा बढी हो । यहाँ धानको उत्पादकत्व ४ मेट्रिक टन प्रति हेक्टर छ । धानखेतीमा मात्रै १ अर्ब ८२ करोडको क्षति भएको छ ।