महाकाली पुलको काम प्रभावित

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशकै ठूलो आयोजनामध्ये पर्ने कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको काम साढे तीन महीनायता प्रभावित छ । गत कात्तिक पहिलो साता महाकाली नदीमा आएको बाढीले पुलसँगै बनेको पहुँच मार्गलगायत संरचना बगाएपछि प्रभावित बनेको आयोजनाको निर्माणले अझै गति लिन सकेको छैन । पुलको चौतर्फी बन्ने पोखरीका लागि ‘गाइडबण्ड’ बनाउन डिजाइन परिवर्तन गर्ने प्रक्रिया अघि बढेपछि निर्माणको काम रोकिएको हो । यसअघि ठूला ढुंगाको ‘गाइडबण्ड’ बनाउने भनिए पनि ठूलो ढुंगाको व्यवस्थापन हुन नसकेपछि डिजाइन परिवर्तनको पहल अघि बढेको छ । ‘हामीलाई गाइडबण्ड बनाउन करिब एक लाख ८१ हजार घनमिटर ढुंगा आवश्यक थियो,’ पुल निर्माणको जिम्मा पाएको कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्स्ट्रक्सन कम्पनी (सीएफसी) जेभीका इञ्जिनीयर किशोरराज पाण्डेयले भने, ‘अहिले डिजाइन परिवर्तनको काम नसकिएकाले निर्माणको काम ठप्प जस्तै छ ।’       पुलको ‘स्ल्याब’ ढलानको काम सकिएको जानकारी उनले दिए । ‘७ दशमलव ८ किमी ६ लेनको पहुँच मार्गअन्तर्गत चार किमी सडक कालोपत्र भइसकेको छ,’ उनले भने, ‘गाइडबण्डका लागि स्थानीय प्रशासनसँग समन्वय गरेर चुरेतर्फका खोलाबाट करिब १८ हजार घनमिटर ढुंगा ल्याए पनि त्यसले पर्याप्त भएन ।’ उनका अनुसार गाइडबण्ड बनाउन २५७ किलोग्रामभन्दा माथिका ७० प्रतिशत र २० देखि ४० किलोग्रामका ३० प्रतिशत ढुंगा आवश्यक थियो । तीन अर्ब ६६ करोडको लागतमा निर्माण हुन लागेको पुल आयोजनाको ७२ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । ‘पुलको रेलिङ र रङरोगनको काम गर्ने तयारी हँुदै छ,’ उनले भने, ‘मौसम प्रतिकूलताका कारण कालोपत्र कार्य रोकिएको छ ।’ सुदूरपश्चिमको व्यापारिक नाकाका रूपमा विकास गर्न खोजिएको पुलको पारि र वारि दुवैतर्फ पाँच हजार ४०० मिटर बाँध निर्माण गर्ने योजना छ । महाकाली पुल योजना कार्यालयका इञ्जिनीयर दुर्गा अवस्थीले वाइडबण्डको डिजाइन परिवर्तनका लागि फाइल विभागमा पेश भएको बताए । ‘कोरोनाका कारण डिजाइन परिवर्तनको काममा केही ढिलाइ भएको हो,’ उनले भने, ‘छिट्टै डिजाइन परिवर्तनको काम सकिनेछ ।’ उनले पुलको अरू काम भने सञ्चालन रहेको बताए । २०७४ भदौदेखि शुरू भएको पुल निर्माणको अवधि आगामी फागुन १५ गतेसम्म रहेको छ । गत जेठ र कात्तिकमा महाकालीमा आएको बाढीले निर्माण कम्पनीको करिब २० करोडभन्दा बढीको क्षति पुर्‍याएको थियो । रासस

सम्बन्धित सामग्री

पाँच महीनापछि महाकाली पुल निर्माण शुरु

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पुल निर्माण योजनाको काम प्रभावित भएको पाँच महीनापछि पुनः सञ्चालन भएको छ ।  पुल योजनामा काम गरेबापतको करोडौं रकम भुक्तानी नपाएपछि गत असोजको तेस्रो साता निर्माण कम्पनीले पुल निर्माणको काम रोकेको थियो । केही दिनअघि गत वर्ष काम गरेको रकम सरकारले उपलब्ध गराएपछि निर्माण कम्पनीले निर्माणको बाँकी काम ६ महीनाभित्र सक्ने गरी सञ्चालन गरेको जनाएको छ । विसं २०७४ मा निर्माण शुरु भएको चार लेनको पक्की पुलसँगै ८ दशमलव ६ किलोमिटर ६ लेनको निर्माणको कामको ९० दशमलव १९ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । निर्माण कम्पनी कुमार–सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले गत वर्षको काम गरेबापतका रु साढे आठ करोड रकम हालै कम्पनीलाई उपलब्ध भएको जानकारी दिए ।  उनले पुलसँगै निर्माण हुन गइरहेको पोखरीको तटबन्ध डिजाइन स्वीकृत भएर ‘भेरिएसन’का लागि सडक विभागका पु¥याउने प्रक्रियामा रहेको जानकारी दिए । ‘भेरिएसनका कारण अझै रु १५ करोड बक्यौता छ,’ उनले भने, ‘गत वर्षको रकम पाएपछि हामीले बाँकी निर्माणको काम थालिसकेका छौं ।’ उनले ८ दशमलव ६ किलोमिटर ६ लेनको पहुँच मार्गमध्ये एक हजार पाँच सय मिटर सडक कालोपत्र गर्न बाँकी रहेको बताए । ‘रकम अभावलगायत कारण नभए ६ महीनाभित्र पुलको सबै काम सकिन्छ,’ इन्जिनियर पाण्डेयले भने, ‘कोरोना कहर, रकम अभाव र भेरियसन, डिजाइन स्वीकृति लगायतका कारणले पुल निर्माणमा ढिलाइ भयो ।’ रु तीन अर्ब ६६ करोड लागतमा बनिरहेको पुलसँगै सुदूरपश्चिमको व्यापारिक नाकाका रूपमा विकास गर्न खोजिएको छ । पुलसँगै महाकाली नदीपारिको दोधारा चादँनीमा सुक्खा बन्दरगाह निर्माणको काम पनि प्रक्रियामा छ । पुलको दुवैतर्फ बाँध बाधेर पर्यटकीय स्थल हुने गरी पोखरी निर्माण गरिएको छ । पसलको उत्तरतर्फ एक वर्ग किलोमिटरभन्दा ठूला दुईवटा पोखरी र दक्षिणतर्फ ० दशमलव ३ वर्ग किलोमिटरका दुईवटा पोखरी निर्माण भएका छन् ।  गएको बर्सात्पछि पोखरीको डिजाइनमै समस्या आएपछि यहाँ ‘भेरिएसन’को काम धकेलिएको छ । रासस