बेमौसमी वर्षाका कारण सात अर्बको धान र सडकमा एक अर्ब बढीको क्षति

मनसुन सकिएर हिउँद लाग्ने बेला अनि देश नै दशैंमा झुमिरहेका बेला भएको बेमौसमी वर्षाका कारण मुलकभर ७ अर्ब बढीको धानखेती क्षति भएको छ । त्यस्तै बाढी र पहिरोले राजमार्गहरुमा एक अर्ब ५ करोडको क्षति भएको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले कात्तिक १ गतेयता परेको वर्षाका कारण आएको बाढी र पहिरोले १ अर्ब ५ …

सम्बन्धित सामग्री

वर्षाका कारण पाँच सडक पूर्ण र १३ आंशिक अवरुद्ध

वर्षाका कारण बाढीपहिरोले गर्दा देशभरका पाँच सडक पूर्ण र १३ सडक आंशिकरुपमा अवरुद्ध भएका छन् ।  वर्षाका कारण हाल पूर्णरुपमा अवरुद्ध भएका सडकमा मुस्ताङको काभ्रे भिर, रारा राजमार्गको नुवाकोट–तोप्ला सडक, साँफेबगर–मार्तडी–कोल्टी सडकको अम्कोट–बल्दे सडक, रोल्पाको कोइलावास–लमही, अर्जुनखोला–घोराही–होलेरी–घर्तीगाउँ–थवाङ–लुकुम सडक र चितवनको मौरी पुल रहेको छ । मुस्ताङको काभ्रेभिर सडक पहिरो तथा ठूलो ढुङ्गा बाटोमा खस्दा सवारीसाधन आवागमन अवरु

वर्षाका कारण मेलम्ची र हेलम्बुका विभिन्न स्थानका सडकमा क्षति

लगातारको वर्षाका कारण मेलम्ची र हेलम्बु आसपासका क्षेत्रमा क्षति हुन थालेको छ। गए रातिको बाढीले मेलम्ची–हेलम्बु तथा मेलम्ची–पाँचपोखरी सडक अवरुद्ध भएको छ।...

वर्षाका कारण मेलम्ची र हेलम्बुका विभिन्न स्थानका सडकमा क्षति

लगातारको वर्षाका कारण मेलम्ची र हेलम्बु आसपासका क्षेत्रमा क्षति हुन थालेको छ । गए रातिको बाढीले मेलम्ची–हेलम्बु तथा मेलम्ची–पाँचपोखरी सडक अवरुद्ध भएको छ । गत साल आएको बाढीले उच्च जोखिममा पारेको नदी तटीय क्षेत्रमा यस वर्ष क्षति हुन थालेको छ । मेलम्ची हेलम्बु सडक दिनहुँ अवरुद्ध हुँदै आएको छ भने ग्रामीण भेगका कमजोर भूभागमा पहिरो जाँदा बस्ती जोखिममा परेका छन् । हेलम्बु गाउँपालिकाको सडक दिउँसो खुलाइए पनि रातिको पानीका कारण दिनहुँजसो बन्द हुँदा समस्या हुन थालेको छ । त्यस्तै हेलम्

वर्षाका कारण मेलम्ची र हेलम्बुका विभिन्न स्थानका सडकमा क्षति

काठमाडौं । लगातारको वर्षाका कारण मेलम्ची र हेलम्बु आसपासका क्षेत्रमा क्षति हुन थालेको छ । गए रातिको बाढीले मेलम्ची–हेलम्बु तथा मेलम्ची–पाँचपोखरी सडक अवरुद्ध भएको छ । गत साल आएको बाढीले उच्च जोखिममा पारेको नदी तटीय क्षेत्रमा यस वर्ष क्षति हुन थालेको छ । मेलम्ची हेलम्बु सडक दिनहुँ अवरुद्ध हुँदै आएको छ भने ग्रामीण भेगका कमजोर […]

वर्षाका कारण ओखलढुंगाका अधिकांश कच्ची सडकहरू अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण ओखलढुंगाका अधिकांश कच्ची सडकहरू अवरुद्ध भएका छन् । पानीको भलले सडकमा क्षति पुर्‍याएपछि ग्रामीण भेगका सडक अवरुद्ध भएका हुन् । ओखलढुंगा रामपुर सडकखण्ड पहिरे खोलाको पहिरोले निरन्तर अवरोध गर्दा छिनछिनमै अवरुद्ध भइरहेको छ । पक्की गरिएको सिद्धिचरण राजमार्गबाहेक जिल्लाका अन्य सडकमा यात्रा कष्टकर हुन थालेको छ । ताप्केडाँडा, मूलखर्क, प्राप्चा, […]

वर्षाका कारण देशभर २४८ सडकमा क्षति

काठमाडौं । यस वर्ष वर्षाका कारण देशभरका २४८ सडकमा क्षति पुगेको छ । क्षति पुगेका २४६ सडक पुनर्निर्माण गरिए पनि अझै दुई सडक खुल्न सकेको छैन । गत जेठ अन्तिम सातादेखि कात्तिक पहिलो सातासम्म परेको वर्षाका कारण ती सडकमा क्षति पुगेको हो । बझाङको जालिबगर र नारुगाडमा सडक अवरुद्ध छ । सेती नदीले दुई स्थानमा गरी झण्डै पाँच सय मिटर सडक बगाएको छ । नदीमा पानीको बहाव कम भएपछि मात्रै सडक खुलाउन सकिने सडक विभागले जनाएको छ । यस्तै सुर्खेत–दैलेख–महावुलेख–गाल्जे नाग्मा–गमगढी–नाक्चेलाग्ना सडकअन्तर्गत जुम्लाको जिया भिरमा सडक अवरुद्ध छ । कात्तिक १७ गते सुक्खा पहिरोका कारण सो सडक अवरुद्ध भएको थियो । उपकरणको प्रयोग गरी सडक खुलाउने प्रयास भइरहेको छ ।       जेठदेखि १४६ सडक आंशिक रुपमा मात्रै सञ्चालनमा रहेका विभागले बताएको छ । हाल एक सय सडक मात्रै पूर्णरूपमा सञ्चालनमा छन् । सडक अवरुद्ध हुनासाथ सवारीसाधन एकतर्फी रूपमा सञ्चालनको व्यवस्था गरिएको थियो । वर्षा रोकिएकाले दुईतर्फी सडक खुलाउने विभागको योजना छ । विगत वर्षभन्दा बढी वर्षा भएकाले यस वर्ष सडक र पुलमा बढी क्षति पुगेको हो । सबैभन्दा लामो समयसम्म बँेसीसहर–चामे सडक अवरुद्ध भएको थियो । कतिपय सडक असारमा अवरुद्ध अवरुद्ध भए पनि कात्तिकको वर्षाले पुनः अवरुद्ध हुन पुगेका थिए । रासस

वर्षाका कारण अवरुद्ध सडक अझै खुलेनन्

काठमाडौं । कात्तिक पहिलो हप्ता भएको वर्षाका कारण अवरुद्ध सात सडक अझै खुल्न सकेका छैनन् । मनसुन बाहिरिएसँगै सडक विभागले मर्मतको काम अघि बढाइरहँदा आएको वर्षाले सडकमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । वर्षाले सुदूरपश्चिम र पूर्वमा सडकमा बढी असर गरेको छ । यस वर्ष मनसुन शुरू भएदेखि गत असोज मसान्तसम्ममा २ अर्ब ३५ करोडको क्षति भएको विभागको तथ्यांक छ । वर्षापछि आएको बाढी, पहिरोको कारण २४५ ठाउँमा सडक अवरुद्ध भएको विभागले बताएको छ । कात्तिक १ गतेदेखि १८ ठाउँमा सडक अवरुद्ध भएकामा मनाङ, बाजुरा र बझाङमा बढी असर पुगेको विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । उनका अनुसार मनाङमा अहिलेसम्म सडक अवरुद्ध भइरहे पनि खुलाउने गरी काम भइरहेको छ । ‘बझाङमा सडक खुलाउन बढी समय लाग्न सक्ने देखिएको छ, पछिल्लो वर्षाका कारण महाकाली राजमार्ग ठाउँठाउँमा अवरुद्ध छ । कैलालीदेखि दार्चुलासम्म पहिरो आएर सडक बन्द भएको छ,’ उनले भने, ‘डँडेलधुराको स्याउलेदेखि डोटीसम्म ठाउँठाउँमा सडकमा क्षति पुगेको छ ।’     धनगढी–सहजपुर–वुडर–स्याउेले, सतबाँझ–थाकतोली–दार्चुला–तिंकर सडक वर्षाका कारण केही दिनसम्म अवरुद्ध भएको थियो । अहिले सो सडक एकातर्फबाट खुलाइएको छ । बझाङको जालीबगर खण्डमा सडक नै भाँसिएकाले यातायात अवरुद्ध छ । ३०० मिटर राजमार्ग नै बगेकाले अहिले प्राविधिक उपकरणसहित सडक खुलाउन काम भइरहेको बताइएको छ । मध्यपहाडी राजमार्गको सतबाँझदेखि झुलाघाट सडकमा ठूलो क्षति पुगेको विभागले बताएको छ । साँफे–मार्तडी सडकमै तीन मिटर सडक बूढीगण्डकी नदीले बगाएको महानिर्देशक थापाको भनाइ छ । सो सडकको पारिबाट आएको पहिरो नदीमा गएर नदी थुनिएपछि सडक कटान भएको थियो । बाजुराको ओमकोटमा अहिले सडक खोस्रिएर यातायात चलाउन लागिएको छ । ‘अहिले खुलाइएको ठाउँमा पनि ठूलो पानी परेपछि पुनः अवरुद्ध गर्न सक्छ,’ उनले भने । बर्दियामा सतिघाटमा कर्णाली नदीको पुल रहेको थियो । सडकभन्दा दुई किमीमाथिबाट नै कणाली नदी गाउँतिर मोडिएको छ । माथिल्लो भागबाटै कर्णालीलाई छेकेर पानी रोकिएपछि मात्रै सडक सञ्चालन हुन सक्ने बताइएको छ ।   यस वर्ष वर्षाका कारण सबैभन्दा बढी असर बेँसीशहर–चामे सडकमा पुगेको थियो । मनाङ पूरै सडक सञ्जालबाट अलग भएको थियो । भदौसम्म पनि सवारीसाधन मात्रै नभएर पैदलयात्रुलाई समेत आवतजावत गर्न कठीन थियो । विभागले त्यहाँ रहेका पाँच काठे पुल पुनः बनाएर यातायात चालू गरेको थियो । अहिले सडक र पुल पुनः क्षतिग्रस्त भएको महानिर्देशक थापाले बताए । ‘अहिले पनि सडक खुलाउने काम भइरहेको छ, केही दिनमै खुल्नेछ,’ उनले भने । विभागले अवरुद्ध सडक आफ्ना ३० डिभिजन कार्यालय, चार संघीय सुपरिवेक्षण कार्यालय र आठ हेभी इक्वीपमेन्ट कार्यालयमार्फत खुलाइरहेको छ । अवरुद्ध सडकका बारेमा विभागले बेवसाइटमै नागरिकलाई जानकारी दिने गरेको उनले बताए । सडक बनाउँदा नै ध्यान नदिइएकाले बर्सेनि वर्षाले सडकमा क्षति पुगेको विभागले बताउने गरेको छ । आइतवारको प्रतिनिधिसभा, विकास तथा प्रविधिसमितिको बैठकमा सांसदले नदीको धेरै नजिकै र कम उचाइमा सडक बनाउँदा क्षति भइरहेको बताएका थिए । माथिबाट आउने पहिरोको समाधन नभए पनि नदीबाट केही दूरीमा सडक बनाउँदा क्षति कम हुने सांसदहरूको भनाइ थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले भने जथाभावी खोलिएका स्थानीय सडकका कारणले वर्षामा क्षति पुग्ने गरेको बताए । स्थानीय तह र कतिपय स्थानमा स्थानीयवासी आफैले प्राविधिक अध्ययन नगरी सडक खन्ने गरेको उनको भनाइ छ । रासस

बेमाैसमी वर्षा : बाढी, पहिराेले सडकमा १ अर्ब ५ कराेड रुपैयाँभन्दा धेरैकाे क्षति

काठमाण्डाै – बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोले सडकमा एक अर्ब पाँच करोड रुपैयाँभन्दा धेरैको क्षति भएको सडक विभागले जनाएको छ ।  सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले कात्तिक १ गतेयता परेको वर्षाका कारण आएको बाढी र पहिरोले एक अर्ब पाँच करोड रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान प्राप्त भएको बताउनुभयो ।  प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा महानिर्देशक थापाले यो प्रारम्भिक विवरण रहेको र क्षति अझै बढ्न सक्ने बताउनुभयो । वर्षाले १८ वटा सडकको दुई सय ४४ ठाउँमा बन्द भएको र ...

वर्षाका कारण मुलुकभरि १४ सडक अवरुद्ध

काठमाडौँ। विगत केही दिनदेखिको अविरल वर्षाका कारण मुलुकभरि १४ वटा सडक अवरुद्ध भएका छन् । अनपेक्षित रूपमा सुरु भएको वर्षाले आवश्यक तयारीको अभावमा समेत राजमार्ग तथा सडकमा ठुलो क्षति पुर्‍याएको सडक विभागले जनाएको छ । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले सडक विभागको रेकर्डमा कात्तिक महिनामा वर्षाका कारण राजमार्ग तथा सडकमा यति ठुलो मात्रामा क्षति पुगेको […]

वर्षाका कारण सडक पूर्वाधारमा दुई अर्बको क्षति

पूर्वतयारी र अध्ययनविना राजनीतिक दबाबमा बनेका तथा प्राकृतिक दोहन भएका क्षेत्रका सडकमा बढी क्षति भएको छ ।शिवप्रसाद नेपालउपमहानिर्देशक, सडक विभाग अध्ययन अनुसन्धान र प्राविधिक रूपमा सफल हुने पूर्वाधारलाई मात्र जोड दिनुपर्छ र यसका लागि राजनीतिक दबाब, प्रभावलाई पनि निरुत्साहित गर्न सक्नुपर्छ ।सुमन शर्मा, पूर्वसचिव जारी वर्षा सिजनमा अविरल वर्षाका कारण आएको बाढीपहिरोले मुलुकका विभिन्न १३० […]