काठमाडौं (हाम्रो खेलकुद) – नेपालका मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले त्रिकोणात्मक टि२० आई सिरिजमा लिगको अन्तिम खेलमा मलेसियाविरुद्ध अर्धशतक पूरा गरेका छन् । दीपेन्द्रले ३६ बलमा आफ्नो टि२० आई करिअरको पाँचौं अर्धशतक पूरा गरे । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले १५ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको छ । […]