रबीको ‘द लिडर’: सहभागीको पैसा पनि फिर्ता भएन, कार्यक्रम पनि ‘कोल्याप्स’ भयो

रामेछापको गोकुलगंगा घर भएका गेली शेर्पाले जुन २१ तारिखमा फेसबुकमा एउटा स्टाटस लेखे । उनले स्टाटसमा रबी लामिछानेले ‘ल लिडर’ नामक ‘टेलिभिजन शो’ मार्फत नेता खोज्ने भनेर आफैँ नेता बनेको भनेर कटाक्ष गरेका छन् । यति मात्रै होइन शेर्पाले आफूहरुले रबीले घोषणा गरेको ल लिडर कार्यक्रममा स्वतःस्फुर्त रुपमा गरेको सहयोग खेर गएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘द लिडर भन्ने कार्यक्रम घोषणा गरेर म लिडर भईदिने रबी जी ? हामी हजारौं लाखौं युवाहरुले हजार तिरेर फाराम भरेको करोडौं पैसा खोई ?’ त्यस्तै, असार २ गते कैलालीको जानकी गाउँपालिका घर भएका आदित्य न्यौपानेले पनि ‘द लिडर’ नामक कार्यक्रमका लागि आफूले पनि १ हजार तिरेको तर उक्त कार्यक्रम आजसम्म सञ्चालनमा नआएको उल्लेख गरेका छन् ।‘आजभन्दा करिब दुई वर्ष अगाडि रबी लामिछाने न्युज २४ मा छँदै द लिडर कार्यक्रम गर्ने भनेर उद्घोष गर्नुभयो । सोहीअनुसार मैले आफ्नो नाम रजिस्टर गरेँ, तर १००० रूपैयाँ तिर्नुपर्न रैछ, त्यो नि गरेँ । आजसम्म उक्त कार्यक्रम सञ्चालनमा आएको छैन। रबी लामिछानेले ग्यालेक्सी फोरके नि छाड्नुभएछ । ग्यालेक्सी फोरकेमा फोन गर्दा हामीलाई केही थाहा छैन भन्नुभयो’ न्यौपानेले लेखेका छन् ।अदित्यले आफ्नो रजिस्ट्रेसन नम्बर नै उल्लेख गरेका छन् । उनले आफ्नो रजिस्ट्रेसन नम्बर ३०४७१ भएको र आफूभन्दा पछाडी पनि हजारौँले नाम दर्ता गराएको उल्लेख गरेका छन् । उनले रबी लामिछानेले चलाखी गरेर फाराम भरेर शुल्क बुझाउनेहरुलाई कुनै प्रमाण नदिई केवल रजिष्ट्रेशन नम्बर मात्रै दिएको बताएका छन् । रबीको द लिडरका लागि लाखौँ युवाले स्वतःस्फुर्त रुपमा १ हजार तिरेर फराम भरेका थिए । यस्तो संख्या करिब २ लाखको हाराहारीमा रहेको त्यस्तै फाराम भरेका रामेछापका गेली शेर्पा बताउँछन् । यदि उक्त कार्यक्रममा १ लाख जना मात्रै युवाले १ हजार तिरेर फाराम भरेको भएपनि १० करोड रुपैयाँ संकलन भएको छ । तर, त्यसको हिसाब देखाईएको छैन । के थियो रबीले घोषणा गरेको ‘द लिडर’ कार्यक्रम ?२०७६ मंसिर २६ गते ‘द लिडर’ कार्यक्रम घोषणा गर्दै रबीले भिजन भएका र परिपक्व व्यक्तिलाई लिडर बनाउने र यसका लागि ७ प्रदेशका विभिन्न स्थान र विदेशमा समेत अडिसन गरी १ सय प्रतिस्पर्धीलाई काठमाडौँमा ल्याएर प्रतिस्पर्धा गराएर लिडर जन्माउने बताएका थिए ।विजेतालाई काठमाडौँमा अपार्टमेन्ट, गाडी र २० लाख नगद दिने भनिएको थियो । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र हालै विवेकशील साझा पार्टीबाट राजीनामा दिएर बसेका रवीन्द्र मिश्र निर्णायक तोकिएका थिए ।यो शो न्युज २४ टेलिभिजन, रमाइलो टिभी र गुन्द्रुक एपबाट प्रशारण हुने उल्लेख गरिएको थियो । यो कार्यक्रमको उत्पादक थियो एस.आर.बि.एन. मिडिया । यसका प्रमुख कार्यकारी हुन् विपिन कुमार आचार्य । अचार्य रबीकै समूहका व्यक्ति हुन् । रबीले न्युज २४ छोडेर ग्यालेक्सी तिर लागेपछि आचार्य पनि रबीकै पछिपछि लागे । अहिले उनी ग्यालेक्सीमा क्रियटिभ डाइरेक्टर छन् ।रबीको अनुहार हेरेर हजारौँले फाराम भरेर शुल्क तिरेको भएपनि यस विषयमा रबी लामिछानेले भने आफू केवल प्रस्तोता मात्रै भएको र आफूलाई अरु थाहा नभएको प्रतिक्रिया दिएका छन् । ‘म त  कार्यक्रम सञ्चालक हुँ, त्यसैले मलाई कति जनाले रजिष्ट्रेसन गर्नुभयो, कति पैसा संकलन भयो, कतिले फिर्ता लिए, कतिले लिन बाँकी छ केही थाहा छैन’ रबीले भने ।

सम्बन्धित सामग्री

४६ लाख बढी रकम फिर्ता नभएको मिक्लाजुङका उपभोक्ताको गुनासो

ग्रामीण सामुदायिक विद्युतीकरण कार्यक्रम अन्तर्गत विद्युत उपभोग गरिरहेका मोरङको मिक्लाजुङका उपभोक्ताले आफूले जम्मा गरेको पैसा फिर्ता नपाएको बताएका छन् ।

अमेरिकासँग पैसा र हतियार माग्दै पाकिस्तान

इस्लामाबाद : आर्थिक सङ्कट सामना गरिरहेको पाकिस्तानले अमेरिकालाई सैन्य वित्तपोषण र हतियार बिक्री पुनःस्थापना गर्न आग्रह गरेको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले त्यस किसिमको वित्त पोषण कार्यक्रम स्थगित गरेको थियो।अमेरिकाका लागि पाकिस्तानका राजदूत मसूद खानले बिहीबार वासिङटनमा आयोजित सेमिनारलाई सम्बोधन गर्दै अमेरिकाले पाकिस्तानका लागि यसअघि अघिल्लो प्रशासनले निलम्बन गरेको विदेशी सैन्य वित्त पोषण र विदेशी सैन्य सामग्री विक्री पुनःस्थापित गर्नु महत्त्वपूर्ण रहेको बताएका छन्।अफगानिस्तानबाट

रविको कार्यक्रम 'द लिडर' फेरि विवादमा, भन्यो - ब्याजसहित पैसा फिर्ता गर्छौँ

सञ्चारकर्मबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले यसअघि सञ्चालन गर्ने भनेको कार्यक्रम 'द लिडर' फेरि एकपटक विवादमा तानिएको छ । सो कार्यक्रममा सहभागी हुन पैसा उठाइएको तर हालसम्म कार्यक्रम पनि सञ्चालन नभएको र पैसा पनि फिर्ता नभएको भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाइएको हो ।कार्यक्रम विवादमा तानिएपछि सो कार्यक्रमले यसअघि ८८३ जनाको पैसा ब्याजसहित फिर्ता गरेको बताउँदै फिर्ता गर्न बाँकी रहेकाहरूको पैसा फिर्ता गर्ने प्रतिबद्धता जनाएको हो । कार्यक्रमले भनेको छ,  'रजिस्ट्रेसन श

‘द लिडर’लाई तिरेको पैसा फिर्ता लिन बाँकी ३०९ जना, रबीले दिए ५ वटा मोबाइल नम्बर

नेता छान्ने भनिएको टेलिभिजन रियालिटि शो ‘द लिडर’ का लागि रजिष्ट्रेसन शुल्कवापत १ हजार रुपैयाँ तिरेका ३०९ जनाले पैसा फिर्ता लिन बाँकी रहेको पाईएको छ ।शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति रबी लामिछानेले शुल्क तिरेर रजिष्ट्रेसन गरेकाहरुको पैसा फिर्ता दिनु आफ्नो नैतिक दायित्व भएको बताएका छन् । उाले आफू उक्त कार्यक्रम सञ्चालक मात्रै भए पनि रजिष्ट्रेशन गर्नेहरुले आफूलाई हेरेर गरेको भन्दै रबीले पैसा फिर्ता गर्न आफूले पहल गर्ने बताएका छन् । उनले यसअघि नै पैसा फिर्ता लैजान चाहनले लैजान सक्ने भन्दै सार्वजनिक रूपमा आह्वान गरिएको तर, सूचना नपाएर कोही आउन नसकेको हुन सक्ने भएकाले पुनः आफूले यसका लागि पहल गर्ने बताए ।कार्यक्रममा जम्मा ११ सय ९२ जनाले मात्रै रजिष्ट्रेसन गरेको दाबी गर्दै रबीले ८८३ जनाले पैसा फिर्ता लगिसकेको जनाएका छन् । बाँकी ३०९ जना रहेको उनको भनाई छ ।रबीले पैसा फिर्ता लिनका लागि ९८४१९५६९०६, ९८४११२५६१७, ९८४७९१०१०५, ९८६११६४९४४, ९८०१११६७१८ गरी ५ वटा मोबाइल नम्बर उपलब्ध पनि गराएका छन् । ‘द लिडर’ कार्यक्रम घोषणा २०७६ मंसिर २६ गते गरिएको थियो ।

सलमान आउने अर्को मिति छिट्टै, टिकटको पैसा फिर्ता गर्न आयोजक तयार

काठमाडौं । बलिउड अभिनेता सलमान खानको ‘दबंग टुर रिलोडेड’ स्थगित भएको छ । जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको उनको दबंग टुर कार्यक्रम अन्तिम समयमा आएर रोकिएको छ । कार्यक्रम हुन तीन दिन मात्रै बाँकी हुँदा अन्तिम समयमा स्थगित भएपछि यतिबेला यसको कारणबारे विभिन्न आंकलन गरिएको छ । कतिले प्रयाप्त मात्रामा...

उल्टै किसानको पैसा पचाउने कृषि अनुदान कार्यक्रम– न उपकरण हातमा, न रकम फिर्ता !

कैलालीको कैलारी गाउँपालिका– ८ की गीता चौधरीले गत आर्थिक वर्ष २०७७/०७८ मा अनुदानमा पाइने कृषि उपकरणका लागि निवेदन दिएकी थिइन् । सुदूरपश्चिम प्रदेश सरकार मातहतको सुदूरपश्चिम कृषि विकास निर्देशनालयले कृषकहरूलाई अनुदानमा दिइने उपकरणका लागि सूचना जारी गरेपछि उनले स्थानीय एक सहकारीमार्फत प्रस्तावना नै पेश गरेकी थिइन् । श्रमशील महिला कृषि सहकारी संस्था लिमिटेडमार्फत प्रस्तावना हालेकी उनको नाम कृषि विकास निर्देशनालयले रिपर (धान काट्ने मेसिन) पाउनेमा छनोट गर्‍यो । गत असारमै सम्झौता गरेकी उनले ३० हज...

खेसरीलालले लगिसके १६ लाख, टिकटको पैसा पनि लुटिएको भन्दै आयोजकको टाउकोमा हात

आयोजकले भारतमै पुगेर खेसरीलाल यादवलाई १० लाख भारु (१६ लाख रूपैयाँ) पारिश्रमिक अग्रिम भुक्तानी गरेको थियो । तर, कार्यक्रम रोक्न दवाव आएपछि आयोजक समस्यामा पर्‍यो । यता पारिश्रमिक लिइसकेका यादवले पैसा फिर्ता गर्न चाहेनन् ।

दर्शकबाट पैसा उठाएर ‘डान्स’ नदेखाएपछि यी कलाकारविरुद्ध पक्राउ पूर्जी जारी

चर्चित कार्यक्रम बिग बोसमा प्रतिभा देखाएकी कलाकार सपना चौधरीले दर्शकबाट पैसा उठाएर ‘डान्स’ नदेखाएपछि पक्राउ पूर्जी जारी गरिएको छ । भारतको उत्तर प्रदेशस्थित लखनउको अदालतले ‘डान्स’ पनि नदेखाएको र दर्शकको पैसा पनि फिर्ता नगरेको आरोपमा पक्राउ पूर्जी जारी गरेको छ । गायक तथा कलाकार सपनाविरुद्ध पक्राउ पूर्जी जारी गर्दै अदालतले आगामी २२ नोभेम्बरमा पेशी तोकेको छ । अब सपनालाई पक्राउ गरेर प्रहरीले अदालतमा पेश गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सपनाले आफूविरुद्ध लागेको आरोप खारेज गर्न निवेदन दि...

औद्योगिक ग्राम बनाउन पैसा लगेका २७ स्थानीय तहले गरेनन् काम

६ भदौ, कठमाडौं । एक स्थानीय तह एक औद्योगिक ग्राम कार्यक्रम अन्तर्गत २७ स्थानीय तहले पैसा बुझेर काम नगरेको पाइएको छ । एक स्थानीय तहले ९२ लाखका दरलेको लगेको उक्त रकम फिर्ता समेत नभएको महालेखा परिक्षकको ५८ औं प्रतिवेदनले औल्याएको छ । ४३ स्थानीय तहलाई ९२ लाखका दरले ३९ करोड ५६ लाख अनुदान प्रदान गरिएकोमा […]

मुख्यमन्त्री रोजगार कार्यक्रमको पैसा चेक साट्ने बित्तिकै जनप्रतिनिधिकै झोलामा !

कर्णाली – प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत व्यक्तिको बैंक खातामा जम्मा गरिएको रकम यहाँका जनप्रतिनिधिले चेक साट्ने बित्तिकै पैसा फिर्ता लिने गरेका छन् । चौरजहारी नगरपालिका वडा नम्बर ८ का जनप्रतिनिधिले आफ्नो वडामा परेको मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको दुई वटा योजनाको रकम विभिन्न व्यक्तिको खातामा जम्मा भएपछि बैंकमा बोलाएर पैसा फिर्ता लिने गरेका हुन् ।  प्राप्त जानकारीअनुसार स्वरोजगारका लागि फर्जी नाम दर्ता गराएर, कामै नगरेका विभिन्न व्यक्तिको बैंक खाता मागेर लाखौँ रकम बैंकमा जम्मा गरिएको थियो ...