इस्लामाबाद : आर्थिक सङ्कट सामना गरिरहेको पाकिस्तानले अमेरिकालाई सैन्य वित्तपोषण र हतियार बिक्री पुनःस्थापना गर्न आग्रह गरेको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले त्यस किसिमको वित्त पोषण कार्यक्रम स्थगित गरेको थियो।अमेरिकाका लागि पाकिस्तानका राजदूत मसूद खानले बिहीबार वासिङटनमा आयोजित सेमिनारलाई सम्बोधन गर्दै अमेरिकाले पाकिस्तानका लागि यसअघि अघिल्लो प्रशासनले निलम्बन गरेको विदेशी सैन्य वित्त पोषण र विदेशी सैन्य सामग्री विक्री पुनःस्थापित गर्नु महत्त्वपूर्ण रहेको बताएका छन्।अफगानिस्तानबाट