धनकुटा : पाख्रिबास नगरपालिकाका वडा ४ का वडाध्यक्ष सोभित निरौला धरौटीमा रिहा भएका छन।पाख्रिबास नगरपालिकामा गत असार १० गते नगरसभाको क्रममा विवाद हुँदा तोडफोडमा संलग्न रहेको आरोपमा उनी पक्राउ परेका थिए। निरौलालाई शुक्रबार जिल्ला प्रशासन कार्यालय धनकुटाले धरौटीमा रिहा गरेको छ। प्रशासनले वडाध्यक्ष्य निरौलालाई ४० हजार धरौटीमा रिहा गरेको हो।नगरपालिकामा तोडफोड गरेको भन्दै नगरप्रमुख वृषबहादुर राई, उपप्रमुख देवकला पौडेल, नेकपा एमाले ओली पक्षका पाख्रिबास नगर अध्यक्ष शान्तिराम गौतम लगायत