काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले नवौँ राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजनिक गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार ट्रफि सार्वजनिक गरिएको हो। प्रधानमन्त्री देउवाले सो अवसरमा नेपाली खेलकुद धेरै नै अगाडि बढिरहेको भन्दै नवौँ राष्ट्रिय खेलकुद सफल्तापुर्वक सम्पन्न हुने विश्वास व्यक्त गरे। राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पहिलो पटक बनाइएको ट्रफीलाई सातवटै प्रदेशमा घुमाउने तयारी गरिएको छ। […]