कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले राजनीतिले कृषिलाई बिगारेको बताएका छन् । ४१ औं विश्व खाद्य दिवसको अवसरमा कृषि विभागले आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले पार्टीपिच्छै किसानका संगठनहरु रहेकाे बताउँदै त्यसले किसानलाई विभाजित गरेको तर्क गरे । ‘हाम्रो पहलः उत्पादन र पोषणमा वृद्धि, पर्यावरण संरक्षण र जनजीविकामा समृद्धि’ भन्ने नाराका साथ मनाइएको दिवसमा उनले किसानको समृद्धिविना कृषिमा आत्मनिर्भर हुन नसक्ने भन्दै सबैभन्दा पहिले किसानको समृद्धिमा जोड दिनुपर्न