श्रीलंकामा विक्रमासिंघेले लिए अन्तरिम राष्ट्रपतिका रूपमा शपथ

कोलम्बो । श्रीलंकामा प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष प्रधानमन्त्री रनिल विक्रमासिंघेले आज अन्तरिम राष्ट्रपतिका रूपमा शपथग्रहण गरेका छन् । राष्ट्रपति गोटाबाय राजापाक्षेले पदबाट राजीनामा दिएपछि उनले शपथ लिएका हुन् । पार्टीका नेताहरूले यसअघि नै निर्णय गरेबमोजिम यही जुलाई २० मा संसद्बाट नयाँ राष्ट्रपति चयन गरिने सभामुख महिन्दा यापा आबेवर्देनाले जानकारी दिए । आज बिहान...

सम्बन्धित सामग्री

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ भोलि दिउँसो ४ बजे हुने

काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ भोलि दिउँसो ४ बजे हुने भएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति कार्यालयले सोमबार दिउँसो ४ बजे शपथको कार्यक्रम राखेको जानकारी दिए । आजै नयाँ प्रधानमन्त्रीको शपथ हुने भनिएपनि समय अपुग रहेका कारण भोलिमात्रै हुन लागेको हो । आजै देशको ४४औं प्रधानमन्त्रीका रुपमा प्रचण्डलाई राष्ट्रपति […]

पशुपति शमशेर जबराको भोलि शपथ

काठमाडौं : प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८० वर्षीय पशुपति शमशेर जबराले भोलि शपथ लिँदैछन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई भोलि दिउँसो १ बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ। सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहणका लागि नागरिकतामा उल्लेख भएको जन्म मितिका आधारमा जबराको नाम राष्ट्रपति कार्यालयमा सोमबार पठाएको थियो। सोही अनुसार उनको भोलि दिउँसो सपथ ग्रहणको मिति तोकिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डाक्टर भेषराज अधिकारील

केन्याको पाँचौँ राष्ट्रपतिका रुपमा रुटोद्वारा शपथ ग्रहण

केन्याको पाँचौँ राष्ट्रपतिका रुपमा विलियम रुटोले शपथ ग्रहण गर्नुभएको छ । नवनिर्वाचित राष्ट्रपति रुटोले राजधानी नैरोबीमा हिजो भएको विशेष समारोहमा शपथ ग्रहण गर्नुभएको हो । उहाँको शपथ ग्रहण समारोहमा २० वटा अफ्रिकी देशका शीर्ष नेताहरू समेत सहभागी भएका थिए । केन्याका प्रभावशाली नेता रुटोले देशको शान्ति सुरक्षा, आर्थिक अवस्था तथा जनजीविकामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सन् १९६६ मा जन्मिएका रुटोले गएको अगस्ट ९ मा भएको राष्ट्रपतीय चुनावमा जित हासिल गर्नुभएको थियो । ...

नवनियुक्त अर्थमन्त्री शर्माको शपथ बेलुकी  ५:३० बजे

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माको पद तथा गोपनीयताको शपथ बेलुकी ५:३० बजे हुने भएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार शर्माको शपथ बेलुकी ५ बजे रहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन सिफारिस गरेका थिए । सोहीअनुसार राष्ट्रपतिले शर्मालाई अर्थमन्त्री नियुक्त गरेर बेलुका ५ ३० मा शपथ गराउने अधिकारीले जनाए ।बजेट निर्माणका क्रममा करका दर हेरफेरमा भूमिका खेलेको आरोपमा

श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणवर्द्धनाले लिए शपथ

श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणवर्द्धना नियुक्त भएका छन्। राष्ट्रपति रनिल विक्रमासिङ्घेसमक्ष नवनियुक्त प्रधानमन्त्री गुणवर्द्धनाले केही समयअघि शपथ लिएको डेली मिररले उल्लेख गरेको छ। राष्ट्रपतीय निर्वाचनमा विक्रमासिङ्घेका प्रस्तावक गुणवर्द्धना थिए। उनैलाई विक्रमासिङ्घेले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। गुणवर्द्धना युनाइटेड नेशनल पार्टीका नेता हुन्। विक्रमासिंघेले श्रीलंकाका राष्ट्रपतिका रुपमा गएराति सपथ लिएका थिए। आलोचना र सडकमा…

महान्यायाधिवक्ता खातीले लिए शपथ

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश राणाले महान्यायाधिवक्ता खातीलाई शपथ गराउनुभएको हो । यसअघि महान्यायाधिवक्ताको शपथ राष्ट्रपतिका उपस्थितिमा प्रधानन्यायाधीशले गराउने कानूनी व्यवस्था थियो । गत वैशाखदेखि प्रधानन्यायाधीशबाट हुने सबै शपथ सर्वोच्च अदालतबाट गरिन थालिएको छ । सोहीअनुसार महान्यायाधिवक्ताको शपथ […]

३० तस्बिरमा हेर्नुहोस् ट्रम्पलाई विस्थापित गर्ने बाइडेनको शपथ

अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेन बुधबार ४६ औं राष्ट्रपतिको रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा उनले राष्ट्रपतिका प्रत्यासी डोनाल्ड ट्रम्पलाई पराजित गर्न सफल भएका थिए । निवर्तमान राष्ट्रपति ट्रम्प आजै ह्वाइट हाउसबाट बाहिरिएका छन् भने उनले कुनै न कुनै रुपमा आफू पनि जनता सँगसँगै हुने प्रतिक्रिया दिएका छन् । ७८ वर्षीय बाइडेन एक भब्य समारोहका बीच बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । क्यापिटल हिलस्थित संसद् भवनमा उनले मुख्य न्यायाधीश जोन जी रोबर्टबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ...

ह्वाइट हाउसमा अब जो बाइडेन, क्यापिटलमा लिए ४६ औं राष्ट्रपतिको शपथ

काठमाडौं :  जो बाइडेनले अमेरिकाका ४६ औं राष्ट्रपतिका रुपमा शपथ लिएका छन्। बुधवार वासिङटन डिसीस्थित क्यापिटलमा आयोजित समारोहमा बाइडेनले शपथ लिएका हुन्। बाइडेनलाई अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जो जी रोबर्टस जुनियरले शपथ दिलाएका हुन्। यस्तै, कमलादेवी ह्यारिसले पनि उपराष्ट्रपतिका रुपमा शपथ लिइन्। उनलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोनोमेयरले शपथ दिलाइन्।…

बाइडेनको शपथ ग्रहणका लागि तयार हुँदैछ अमेरिका

बुधवार जो बाइडेन अमेरिकाका ४६ औं राष्ट्रपति बन्दैछन्। वासिङटन डिसीको क्यापिटलमा हुने समारोहमा बाइडेनले राष्ट्रपतिका रुपमा शपथ लिँदैछन्। कमला ह्यारिस उपराष्ट्रपति बन्दैछिन्। राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै ह्वाइट हाउसमा सबैभन्दा पाका राष्ट्रपतिका रुपमा उनी प्रवेश गर्नेछन् भोलि। शपथ ग्रहण लगत्तै बाइडेन ह्वाइट हाउस प्रवेश गर्नेछन्। शपथ ग्रहणमा ट्रम्प भने सहभागी…