काठमाडौं : प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८० वर्षीय पशुपति शमशेर जबराले भोलि शपथ लिँदैछन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई भोलि दिउँसो १ बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ। सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहणका लागि नागरिकतामा उल्लेख भएको जन्म मितिका आधारमा जबराको नाम राष्ट्रपति कार्यालयमा सोमबार पठाएको थियो। सोही अनुसार उनको भोलि दिउँसो सपथ ग्रहणको मिति तोकिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डाक्टर भेषराज अधिकारील