रुकुम (पूर्व) : भूमे गाउँपालिका–३ स्थित शहीद वासु स्मृति नमुना आधारभूत विद्यालयका अभिभावक अचेल नियमित विद्यालय जाने गरेका छन्।उनीहरूपठनपाठनका लागि नियमित विद्यालय गएका भने होइनन्। आफ्ना र अरू गाउँलेका छोराछोरीलाई खाजा पकाइदिन विद्यालय पुग्ने गरेका हुन्।अभिभावक यसरी नै पालैपालो विद्यालय जान्छन् र विद्यार्थीलाई खाजा बनाएर खुवाउँछन्। विद्यालयमा जाने, खाजा पकाउने र विद्यार्थीलाई खुवाउने उद्देश्य सहित अभिभावकले पालो लगाएका छन्।आफ्नो पालो भएको दिन अभिभावक विद्यालयमा खाजा पकाएर खुवाउँछ