रोङको ‘अभिभावक शिक्षा’ : जहाँ पढ्छन् छाेराछाेरीसँगै आमाबुबा

काठमाडौँ : आफ्नो छोराछोरीको उज्ज्वल भविष्य निर्माणमा विद्यालय र शिक्षकको मात्रै होइन, अभिभावकहरूको पनि उत्तिकै जिम्मेवारी हुन्छ। जन्म दिएपछि हुर्काउने, पढाउने र उच्च संस्कार दिन अभिभावकको ठूलो भूमिका रहन्छ। यही जिम्मेवारी पूरा गर्दै जाँदा कतिपय अभिभावक शिक्षा लिनबाट वञ्चित भए, काेही भइरहेकै छन्। केही स्थानीय सरकारले विद्यार्थीहरूसँगै अभिभावकलाई शिक्षा दिएका छन्। इलामको रोङ गाउँपालिकाले अहिले ‘अभिभावक शिक्षा’ ल्याएको छ। जहाँ अभिभावक पनि विद