काठमाडौं : कोरोना संक्रमणको दर बढ्न थालेपछि विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने बारेमा सरोकारबालाले मिश्रित धारणा राखेका छन्। अभिभावकहरूले विद्यालय बन्द गर्नुपर्ने धारणा राखेका छन् भने विद्यालय संचालकहरूले बन्द गर्न नहुने बताएका छन्। अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले नेपालमा कोरोना संक्रमणको दोस्रो लहर बढेकोले विद्यालय सञ्चालन गर्न नहुने धारणा राखेका छन्। शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा भण्डारीले बालबालिकाहरूमा जोखिम धेरै हुने भएकाले विद्यालय बन्द गर्नुपर्ने बताए।&lsqu