सौराहामा एमालेको मतदान : प्यानल बनाएर आचारसंहिताको धज्जी उडाइयो

नेकपा एमालेको नेतृत्व चयनका लागि भएको मतदानमा निर्वाचन आचारसंहिताको उलंघन भएको पाइएको छ । आचारसंहितामा प्यानल बनाउन तथा समूहगत आधारमा नामावली वितरण गर्न नपाइने उल्लेख भएपनि त्यसको धज्जी उडाउँदै मतदान स्थलमै प्यानलको सूची वितरण गरेको पाइएको हो । एमालेको निर्वाचन आयोगले बनाएको आचारसंहितामा प्रष्ट रुपमा व्यक्तिगत रुपमा बाहेक समूहगत रुपमा प्रचारप्रसार गर्न, प्रचार सामग्री प्रकाशन तथा वितरण गर्न, मत माग्न वा नामावली बाँड्न नपाइने उल्लेख छ । तर एमालेको मतदान जारी हुँदै गर्दा केपी ओली पक्षले

सम्बन्धित सामग्री

इप्पानमा गणेश कार्कीको प्यानल विजयी, यस्तो बन्यो नयाँ कार्यसमिति

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नयाँ कार्यसमितिमा गणेश कार्कीको प्यानल विजयी भएको छ । अध्यक्षदेखि कोषाध्यक्षसम्म निर्विरोध निर्वाचित भएको नयाँ कार्यसमितिमा सातजना सदस्यको लागि मात्रै मतदान भएको थियो । त्यसमा...

कांग्रेस नेता सिटौलाको वडामा एमालेको प्यानल नै निर्वाचित

झापा : नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको वडामा एमालेको प्यानल निर्वाचित भएको छ। सिटौलाको वडा भद्रपुर -१० हो। उनको मतदान केन्द्र पनि त्यही पर्छ। सोही वडामा एमालेका टेकबहादुर खडका वडा अध्यक्षसहित प्यानल निर्वाचित भएका छन्। खडकाले १४८० मत ल्याउँदै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका विष्णु प्रसाद काफ्ले ११७१ मत ल्याएका छन्। त्यस्तै, राप्रपाका खेमराज भट्टराई ७०६, राष्ट्रिय जनमुक्ति पार्टीका धाक्रु राजवंशी ३६ र जसपाका निर बहादुर राई २७ मत ल्याए

कांग्रेस बाराको नेतृत्वको लागि शनिवार मतदान हुने

वीरगंज : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बारा जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको लागि दोस्रो चरणको मतदान शनिवार हुने भएको छ। बुधवार भएको मतदानको नतिजा अनुसार तीन वटा प्यानल मध्ये कुनै पनि प्यालनले ५१ प्रतिशत मत ल्याउन नसक्दा नयाँ नेतृत्वको लागि दोस्रो चरणको मतदान हुन लागेको बाराका निर्वाचन…

कांग्रेस कैलालीको नेतृत्व चुन्न मतदान सुरु, तीन प्यानल चुनावी मैदान

कैलाली : नेपाली कांग्रेस कैलालीको जिल्ला नेतृत्व चुन्नका लागि मतदान सुरु भएको छ। धनगढीस्थित रङ्गशालामा मतदान सुरु भएको हो। निर्वाचन समितिका अनुसार नेतृत्व चयनका लागि धनगढीको रङ्गशालामा मतदान भइरहेको छ। मतदानमा झन्डै ३ हजार मतदाताले मतदान गर्ने बताइएको छ। जिल्लामा नेतृत्वका लागि संस्थापन पक्षबाट दुई र इतर पक्षबाट शेखर कोइराला…

कैलाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै

नेपाली काँग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि  मतदान हुँदैछ । धनगढीको कभर्डहलमा मतदान सुरु हुने बताइएको छ ।नयाँ नेतृत्व चयनका लागि तीन प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । सभापतिमा तीन जनाले आआफ्नो प्यानलसहित शनिबार मनोनयन दर्ता गरेका छन् । सहमति हुन नसकेपछि तीन प्यानल बनेका छन् । निवर्तमान उपसभापति प्रकाशबहादुर बम र पूर्वउपसभापति नारायणदत्त भट्टले सभापतिमा उम्मेदवारी दिएका छन् । यसअघि सभापतिमा उम्मेदवारी घोषणा गरेका भीम बडुवालले भट्ट नेतृत्वको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएका

कैलालीमा ओली पक्षका २ धार, रावल-ओलीपक्षीय नेताको बन्यो संयुक्त प्यानल

नेकपा एमाले कैलालीको अधिवेशनले सर्वसम्मतिमा नेतृत्व चयन गर्न नसक्दा मतदान हुने भएको छ । नेतृत्वको लागि दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । सुदूरपश्चिमको राजधानी तथा प्रमुख जिल्लासमेत मानिने कैलालीको नेतृत्वका लागि एमाले नेताहरू छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् । एकातिर पार्टीका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापाको प्यानल चुनावी मैदानमा होमिएको छ । सो प्यानलबाट अध्यक्षका लागि वर्तमान कैलाली अध्यक्ष तथा प्रदेश सभा सदस्य रतन थापाले उम्मेदवारी दिएका छन् । अर्कोतिर पार्टीका पूर्वउ...

कांग्रेस प्रदेश २ अधिवेशन : दुई पक्षबीच कुुटाकुटपछि स्थगित मतदान सुरु

कांग्रेसको प्रदेश २ समिति चयन गर्न जनकपुरको गोपाल धर्मशालामा बुधबार स्थगित भएको मतदान आज सुरु भएको छ  । प्यानल बनाएर उम्मेदवारी दिएका देउवा तथा निधि–शेखर पक्षबीच बुधबार कुटाकुट भएपछि मतदान...

काँग्रेसमा आज मतदान, शेखर कोइरालाले तयार गरे आफ्नो पूर्ण प्यानल (सूचीसहित)

नेपाली काँग्रेसको महाधिवेशन अन्तरगत सोमबार नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ भने निर्वाचनमा सभापतितर्फमात्रै ५ जनाबीच प्रतिस्पपर्धा हुँदैछ । जसमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ रहेका छन् । यसैबीच सभापतिका उम्मेदवार शेखर कोइरालाले आफ्नो प्यानललाई पूर्णता दिएका छन् । उनले आफ्नो प्यानलबाट लड्ने पदाधिकारीको प्यानल यसअघि नै तय गरेकोमा केन्द्रीय कमिटीका सदस्य उम्मेदवारको सूची पनि तयार गरेका हुन् ।

एमालेमा मतदान–प्यानल सूची वितरण गरिएको भेटियो

नेकपा एमालेले प्यानल बनाएर चुनावी प्रतिस्पर्धा नगर्ने भनिएपनि जारी मतदानमा प्यानलको सूची बनाएर महाधिवेशन प्रतिनिधिलाई वितरण गरेको पाइएको छ । अध्यक्ष केपी शर्मा ओली पक्षले कसलाई भोट हाल्ने र कसलाई नहाल्ने भनेर प्यानलसहितको सूची वितरण गरेको पाइएको हो । सो सूचीमा ओलीले यसअघि बन्दसत्रमा बाचन गरेको नामावलीमा भोट हाल्न सूचित गरिएको छ। यस्तै निर्विरोध भएकालाई भोट नहाल्न पनि सूचित गरिएको छ ।   एमालेको महाधिवेशन अन्तरगत अहिले सौराहामा मतदान जारी छ।

कांग्रेस अधिवेशन: देउवाकै दुई प्यानल चुनावी मैदानमा

अछाम- नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ मा सोमबार १३ गते पुनः हुने क्षेत्रीय निर्वाचनमा देउवाकै दुई प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यही ६ गते भएको क्षेत्रीय निर्वाचनमा मतदाता भन्दा बढी मत खसेको भन्दै पुनः मतदान हुन लागेको हो । एकतर्फ पूर्वराज्यमन्त्री गोबिन्द बहादुर शाह र पूर्व जिल्ला सभापति मेगराज खड्का नेतृत्वको प्यानल रहेको […]