कैलालीमा ओली पक्षका २ धार, रावल-ओलीपक्षीय नेताको बन्यो संयुक्त प्यानल

नेकपा एमाले कैलालीको अधिवेशनले सर्वसम्मतिमा नेतृत्व चयन गर्न नसक्दा मतदान हुने भएको छ । नेतृत्वको लागि दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । सुदूरपश्चिमको राजधानी तथा प्रमुख जिल्लासमेत मानिने कैलालीको नेतृत्वका लागि एमाले नेताहरू छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् । एकातिर पार्टीका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापाको प्यानल चुनावी मैदानमा होमिएको छ । सो प्यानलबाट अध्यक्षका लागि वर्तमान कैलाली अध्यक्ष तथा प्रदेश सभा सदस्य रतन थापाले उम्मेदवारी दिएका छन् । अर्कोतिर पार्टीका पूर्वउ...