कांग्रेस नेता सिटौलाको वडामा एमालेको प्यानल नै निर्वाचित

झापा : नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको वडामा एमालेको प्यानल निर्वाचित भएको छ। सिटौलाको वडा भद्रपुर -१० हो। उनको मतदान केन्द्र पनि त्यही पर्छ। सोही वडामा एमालेका टेकबहादुर खडका वडा अध्यक्षसहित प्यानल निर्वाचित भएका छन्। खडकाले १४८० मत ल्याउँदै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका विष्णु प्रसाद काफ्ले ११७१ मत ल्याएका छन्। त्यस्तै, राप्रपाका खेमराज भट्टराई ७०६, राष्ट्रिय जनमुक्ति पार्टीका धाक्रु राजवंशी ३६ र जसपाका निर बहादुर राई २७ मत ल्याए