युगकवि सिद्धिचरण श्रेष्ठको नाममा नमाकरण गरिएको उदयपुरको कटारीदेखि ओखलढुङ्गा सदरमुकामसम्मको सिद्धिचरण राजमार्गको कटारी घुर्मी खण्ड ट्रयाक खुलेको २० वर्ष बितिसक्दा पनि जस्ताको तस्तै छ । घुर्मीदेखि ओखलढुंगासम्मको सडक कालोपत्रे भइसकेपनि ४६ किलोमिटर लामो यो खण्डमा भने सर्वसाधारणले यात्रा गर्दा सधैं सास्ती खेप्नु परेको छ ।