कठमाडौं । नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले केन्द्रीय गठबन्धनको आडमा सुदूरपश्चिम प्रदेश सरकारले जनविरोधी कार्य गरेको आरोप लगाएका छन् ।आइतबार नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलमा सांसदहरुसँगको छलफलमा नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षसमेत रहेका महरले केन्द्रको गठबन्धनको आडमा प्रदेश सरकारले अनियमितता र जनविरोधी कार्य गरिरहे काँग्रेसले काँध नथाप्ने बताए ।केन्द्रीय तहमा पाँच दलको गठबन्धन प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वसत्तावादविरुद्ध भए पनि सुदूरपश्चिम सरकारसँग मिलेर काम गर्न काँग्र