नेपाल र श्रीलङ्काबीच आपसी सहयोग र सद्भाव वृद्धि गरी द्विपक्षीय सम्बन्ध विस्तारमा ध्यान दिइनुपर्ने बताइएको छ । नेपाल र श्रीलङ्काबीच कूटनीतिक सम्बन्ध कायम भएको ६५औँ वर्षको उपलक्ष्यमा नेपालस्थित श्रीलङ्काली दूतावास र नेपाल विश्व सम्बन्ध परिषदद्वारा सोमबार आयोजित कार्यक्रममा वक्ताहरूले पारस्परिक सहयोग र सहकार्यका आधारमा सम्बन्ध विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे ।दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र असंलग्न आन्दोलनका संस्थापक राष्ट्र नेपाल र श्रीलङ्काबीच पर्यटन, कृषि, शिक्षा, स्वास्थ, व्