विपन्न तथा दलित छात्रालाई सहयोग

बझाङ । बझाङका तीन वटा पालिकामा रहेका अति विपन्न, गरीब तथा दलित परिवारका छात्राहरुलाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बझाङले आर्थिक सहयोग गरेको छ । बझाङको तल्कोट गाँउपालिका, जयपृथ्वी नगरपालिका र विथ्थडचीर गाँउपालिकाका जेहेन्दार, अति विपन्न, गरीब घर परिवारका छात्राहरुलाई युएनएफपिएको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बझाङको सहकार्यमा शैक्षिक सामाग्री तथा आर्थिक […]

सम्बन्धित सामग्री

विपन्न परिवारलाई आर्थिक सहयोग

नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय बाजुराले गरिब, दलित तथा विपन्न परिवारलाई रकम सहयोग गरेको छ ।

उच्च रक्तचाप र मधुमेहका बिरामीलाई टोखा नगरपालिकाको आर्थिक सहयोग

नगरपालिकाले सोमबार सूचना निकालेर टोखा नगरपालिकाभित्र स्थायी बसोबास गर्ने ५० वर्षभन्दा माथिका नागरिकमध्ये विपन्न, एकल महिला, जनआन्दोलनका घाइते, दलित, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, सीमान्तकृत र लोपोन्मुख वर्गका बिरामीलाई आर्थिक सहयोग गर्ने जनाएको हो ।

टोखा नगरपालिकाले उच्च रक्तचाप र मधुमेहका बिरामीलाई ५ हजार आर्थिक सहयोग गर्ने

१२ चैत, काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले आफ्नो क्षेत्रमा स्थायी बसोबास गर्ने ५० वर्षभन्दा माथिका नागरिकहरुलाई उच्च रक्तचाप र मधुमेह रोगका बिरामीहरूलाई आर्थिक सहयोग गर्ने भएको छ । नियमित औषधि सेवन गरिरहेका विपन्न, एकल महिला, जनआन्दोलनका घाइते, दलित, अति सीमान्तकृत, लोपोन्मुख जातजातिका बिरामीहरूलाई बढीमा ५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने नगरपालिकाले जारी गरेको एक सूचनामा […]

सुविधाको रकम विपन्न र दलित विद्यार्थीलाई दिने उपमेयरको घोषणा

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले आफूले पाउने मासिक सुविधाको रकम नगरपालिकाभित्रका दलित, विपन्न र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको पढाइमा सहयोग गर्ने घोषणा गरेकी छन्। पत्रकार सम्मेलन गर्दै चन्दले कुनै लाभका लागि राजनीतिमा नआएकाले नगरभित्रका  दलित, विपन्न परिवारबाट प्राविधिक विषय पढ्ने २२ जना विद्यार्थीलाई  वार्षिक ५० हजार सहयोग  गर्ने घोषणा गरेकी हुन्।स्थानीय तहको उपप्रमुखका रूपमा आफूले पाएको मासिक ४३ हजार रुपैयाँ र बैठक भत्ताबापत प्राप्त पह

विपन्न बालबालिकालाई पोशाक वितरण

काठमाडौँ, २ साउन । समाजसेवी डा. विष्णुमाया परियारले एक सय ७२ विपन्न विद्यार्थीलाई ‘विद्यालय पोशाक’ सहयोग गरेकी छिन् । उनले गोरखा सहिद लखन गाउँपालिका–७ स्थित चण्डिका आधारभूत विद्यालयका एक सय २१ र लखन थापा प्राथमिक विद्यालयका ५१ बालबालिकालाई पोशाक सहयोग गरेकी हुन् । वडा कार्यालयको आग्रह र नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान)का अध्यक्ष बिन्दु […]

खाद्यान्न पाउँदा विपन्न परिवारमा खुसीयाली

सर्लाही । सर्लाहीको हरिवनमा रहेको बागमती सेवा समाज नेपालले आज विपन्न परिवारलाई खाद्यान्न सामाग्री प्रदान गरेको छ । संस्थाले हरिपुरमा इस्लामिक रिलिफ नेपालको सहयोगमा खाद्यान्न सामग्री सहयोग प्रदान गरेको हो । हरिपुर नगरपालिकाको वडा नं. २, ५ र ६ का अतिविपन्न , दलित तथा अशक्त परिवारलाई खाद्यान्न वितरण गरिएको बागमती सेवा समाज नेपालका अध्यक्ष भरत […]

विपन्न तथा दलित समुदायलाई न्यानो कपडा सहयोग

रौतहट र सर्लाहीको विभिन्न गाउँमा अति प्रभावितलाई जाडोबाट जोगाउन न्यानो कपडा प्रदान गरिएको हो।

कञ्चनपुरमा विपन्न एकल महिलालाई बाख्रा वितरण

कञ्चनपुर  ः शुक्लाफाँटा नगरपालिका-११ का विपन्न एकल महिलालाई आज निःशुल्क बाख्रा वितरण गरिएको छ। वडा कार्यालयको २ लाख आर्थिक सहयोगमा द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले अति विपन्न, गरिब, दलित र पछाडि पारिएका एकल महिला बाख्रा सहयोग कार्यक्रमअन्तर्गत १७ महिलालाई बाख्रा वितरण गरिएको हो।थोरै जग्गा भएका, कमाउने साधन नभएका एकल महिलाको छनोट गरी आयआर्जनमा सघाउ पुर्‍याउन निःशुल्क रुपमा बाख्रा वितरण गरिएको वडाध्यक्ष दिलबहादुर बुढाले बताए। ‘तत्कालका लागि अ

विपन्न ३० घरधुरीलाई खाद्यान्न सहयोग

नारायण नगरपालिका –१ कुई काना रातिमाटेमा बस्ने ३० घर दलित विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । मुगु जिल्ला खत्याड गाउँपालिका –३ बस्ने समाजसेवी युवा अनिल बानियाँको पहलमा खाद्यान्न सहयोग गरिएको हो ।

आगलागीबाट घरबारविहिन विपन्न दलित परिवारलाई टेवाको राहत सहयोग

सर्लाही – मधेस प्रदेशका आगलागीबाट घरसहित सम्पूर्ण सामग्रीहरु नष्ट भएका विपन्न दलित परिवारलाई खाधान्न तथा राहत सामग्री सहयोग गरिएको छ । टेवाको आर्थिक सहयोग तथा भोरको पहल र व्यवस्थापनमा आगलागीबाट घरविहीन भएका सर्लाही र सप्तरीका ९ विपन्न दलित परिवारलाई खाधान्न तथा राहत सामाग्री सहयोग गरिएको छ ।चामल, दाल, नुन, खानेतेल, सोयाबिन, त्रिपाल, बालटिन, मग, खाना […]