काठमाण्डाै – नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहको नियुक्ति बदरको माग गर्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दर्ता गराउनुभएको रिटको आज सुनुवाइ हुँदैछ ।
एआईजी पोखरेलले वरिष्ठता र ज्येष्ठता मिचेर कनिष्ठलाई आईजीपी बनाएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको थियो । उहाँले सरकारको निर्णयविरुद्ध अन्तरिम आदेशको माग गर्नुभएको छ । वैशाख १८ गते बसेको मन्त्रीपरिषद्ले सिंहलाई आईजीपीमा नियुक्ति गरेको थियो ।