काठमाडौँ, २० माघ। खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै छ । सरकारले सरकारी कार्यालयलगायतका ठाउँ, सार्वजनिक सेवा प्राप्त गर्न कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्दा सर्वसाधारणले मानवअधिकार हनन् भएको भन्दै रिट निवेदन दर्ता भएको थियो । अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न सरोकारवाला निकायलाई […]