लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशनविरुद्ध दायर गरिएको रिटमा आज सुनुवाइ हुँदैछ ।
सो रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ ।
रिट प्रदेश सांसद लीला गिरीले दर्ता गरेका थिए ।
आजै प्रदेश सभाको विशेष अधिवेशन शुरू हुँदैछ । अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ ।