राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश बदर गर्न परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका अनुसार सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ बदर गर्न भन्दै ६ वटा रिट दर्ता भएका छन् । सोही रिट निवेदनमाथि आज सर्वोच्चले सुनुवाई गर्न लागेको हो ।