माधव नेपाल विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार माधवकुमार नेपाल विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । अध्यक्ष नेपालसहित १४ सांसद विरुद्धको मुद्दा न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुन लागेको हो ।अध्यक्ष नेपालसहितका १४ जना सांसदहरुलाई दलबाट कारवाही गरेको तर सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना जारी नगरेको भनी एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । 

सम्बन्धित सामग्री

माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दा प्रधानन्यायाधीशकाे इजलासमा

न्युज अफ नेपाल, काठमाडौं । बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा प्रकरणमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेका रिटमाथि आज सुनुवाइ हुँदैछ। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डाक्टर बाबुराम भट्टराईलाई पनि भ्रष्टाचार मुद्दा लगाउनु पर्ने भन्दै अख्तियारविरुद्ध न्यौपानेले दायर गरेको रिटमाथिको सुनुवाइ आज हुन लागेको हो ।उक्त रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश नहकुल […]

एमालेले सर्वोच्चमा दर्ता गराएको भ्याकेटमा आज सुनुवाइ हुँदै

काठमाडौं : कर्णाली प्रदेशका चार सांसदको थमौतीविरुद्ध नेकपा एमालेले दर्ता गराएको भ्याकेटमा आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका माधव नेपाल पक्षका चार सांसदलाई एमालेले ह्वीप उल्लंघन गरेको भन्दै कारवाही गरेको थियो। कारवाही विरुद्ध प्रदेश सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दबहादुर बुढा र अम्मर बहादुर थापाले सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चले केन्द्रीय समितिले कारवाही गर्नुपर्नेमा दशौं महाधिवेशन आयोजक कमिटीबाट कारवाही गरिएको भन्दै अन्त...