युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीको सरकारलाई किभबाट सत्ताच्यूत गर्ने कोसिस असफल भएपछि रुसले पूर्वी युक्रेनका दुई इलाकालाई छिट्टै हडप्ने योजनामाथि काम गरिरहेको अमेरिकी सरकारका एक वरिष्ठ अधिकारीले सोमबार बताए ।अर्गनाइजेशन फर सेक्युरिटी एन्ड को–अपरेशन इन युरोपमा अमेरिकाका राजदूत माइकल कारपेन्टरले भने, ‘पछिल्लो रिपोर्टका अनुसार रुस डोनेट्स्क पिपल्स रिपब्लिक र लुगान्स्क पिपल्स रिपब्लिकलाई आफूमा सम्मिलित गराउने कोसिस गर्ने हाम्रो मान्यता छ । रिपोर्टले रुसको योजना १५ मे आसपास