युक्रेनमाथि आक्रमण गर्न रुसले सिरियाका लडाकुलाई भर्ती गर्न थालेको अमेरिकाको दाबी

रुसले युक्रेनमाथि आक्रमणका लागि सिरियाका लडाकुलाई भर्ती गर्न थालेको अमेरिकाले दाबी गरेको छ । अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले युक्रेनमाथि आक्रमण गर्न रुसले सिरियाका लडाकुलाई भर्ती गरिरहेको दाबी गरेको हो । रुसले युक्रेनसँगको लडाइका लागि भर्ती हुने लडाकुलाई २ सयदेखि ३ सय डलरसम्म तलब दिने तयारी गरिएको पनि अमेरिकी अधिकारीले दाबी गरेका छन् । सिरियामा चलेको गृहयुद्धका कारण उनीहरुलाई युद्धबारे जानकारी हुने र युद्धमा लड्ने अनुभव भएको भन्दै उनीहरुलाई भर्ती गर्न लागिएको खबरमा उल्लेख गरिएको छ । रुसी राष्ट्रपति भ्ला...

सम्बन्धित सामग्री

रुसले उत्तर कोरियाबाट हतियार आपूर्ति गरेको अमेरिकाको दाबी

एजेन्सी । रसियाले युक्रेनमा महिनौंदेखिको तीव्र लडाइँका कारण समाप्त भएको भण्डारलाई पुनः पूर्ति गर्न उत्तर कोरियाबाट ठूलो मात्रामा गोलाबारुद खरिद गरिरहेको अमेरिकाले दाबी गरेको छ । पेन्टागनका प्रवक्ता ब्रिगेडियर जनरल प्याट्रिक एस राइडरले भने, ‘हामीसँग रुसले उत्तर कोरियासँग गोलाबारुदको अनुरोध गरेको संकेत छ ।’ रुसले फेव्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरी केही हप्ताभित्रै देश कब्जा […]

बेलारुसमा रुसको सैन्य अभ्यासः युद्धको खतरा बढेको अमेरिकाको दाबी

एजेन्सी, ९ फागुन। रुसले बेलारुसमा सैन्य अभ्यास बढाएको भन्दै युक्रेन माथि छिट्टै आक्रमण गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी बिङ्केनले दाबी गरेका छन् । युक्रेनसँग सीमा जोडिएको मुलुक बेलारुसमा झण्डै ३० हजार रुसी सैनिक तैनाथ गरिएपछि युक्रेनमा सम्भावित युद्धको खतरा झन् बढेको र कुनै पनि बेला आक्रमण हुन सक्ने अमेरिकी दाबी छ । रुसले बेलारुसमा सैनिक अभ्यास […]

रुसले युक्रेन अतिक्रमण गर्न ७० प्रतिशत सेना भेला गरेको अमेरिकाको दाबी

न्युयोर्क – रुसले आगामी साता युक्रेनलाई पूर्ण मात्रामा अतिक्रमण गर्ने योजना बनाएको आरोप अमेरिकाले लगाएको छ। त्यसका लागि आवश्यक ७० प्रतिशत सेना भेला गरेको अमेरिकी अधिकारीहरुले बताएका छन् । राष्ट्रपति जो बाइडनको नेतृत्वमा रहेको अमेरिकी प्रशासनका वरिष्ठ सदयहरूले वाशिंगटनमा राजनीतिज्ञहरूलाई यसै साता दिएको पछिल्लो गोप्य सूचनामा यस्तो उल्लेख छ । आक्रमण भएको अवस्थामा युरोपमा शरणार्थी […]

अमेरिकाको दाबी– युक्रेनमाथि आक्रमण गर्न रुसले झुठो भिडियोको योजना बनाउँदै छ

वासिङटन । रुसले युक्रेनमाथिको आफ्नो आक्रमण जायज हो भनेर प्रमाणित गर्न युक्रेनबाट भएको नक्कली आक्रमण देखाउने योजना बुनिरहेको दाबी अमेरिकाले गरेको छ । मस्कोले रुसी भूभाग वा पूर्वी युक्रेनमा रुसी भाषा बोल्नेहरूमाथि युक्रेनले आक्रमण गरिरहेको ग्राफिक भिडियो निकाल्ने सम्भावना रहेको अमेरिकाले बताएको छ । तर रुसले आफ्नो त्यस्तो बनावटी आक्रमण चित्रित...

रुसले सन् २०२२ को शुरूतिर युक्रेनमा आक्रमण गर्न लागेको अमेरिकाको दाबी

रुसले युके्रनविरुद्ध सन् २०२२ को आरम्भतिर सैन्य आक्रमण गर्नलाई योजना बनाएको शुक्रवार प्रकाशित एक प्रतिवेदनले जारी गरेको छ ।  द वाशिङटन पोस्टले प्राप्त गरेको एक गुप्तचरी दस्तावेजमा युक्रेन सीमामा रुसले सैनिक र सरसामान तैनाथ गरेको देखिन्छ । त्यहाँ रुसका कुल ७० हजार सैनिक रहेको बताइएको छ ।  सन् २०१४ मा क्राइमिया नजिक रुस र युक्रेनको सीमामा यसैगरी रुसी सैनिकहरू तैनाथ गरिएका थिए । त्यसपछि रुसले रणनीतिक रूपमा महत्त्वपूर्ण क्राइमिया कब्जामा लिएको थियो ।  युक्रेनले रुसका ९४ हजार सैनिक सीमा नजिक तैनाथ गरि...