चुरे संरक्षण तथा भूमिहीन सुकुम्वासीहरूका बालबालिकाले जनकपुरधाममा मधेश प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेका छन् । आइतबार जनकपुरधाममा १९ दिनदेखि आन्दोलित रहेका सुकुम्वासीहरूले आ–आफ्ना बालबालिकालाई सडकमा उतार्दै बालबालिकाको भविष्यप्रति गम्भिर हुन ध्यानाकर्षण गराएका हुन् । चुरे तथा वनजंगल संरक्षण अभियानले रिले अनसन र सडक आन्दोलन समेत गर्दै आएको छ । बालबालिकाको भविष्य, शिक्षाको ग्यारेन्टी, गाँस, बास र कपाससहितको मौलिक अधिकारप्रति मधेश प्रदेश सरकार गम्भीर नभएको सुकुम्बासी आन्दोलनकारी पुनम साह