काठमाडौं, ०८ साउन। सरकारले निर्माण कार्यको भुक्तानी नदिएको भन्दै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले आज सरोकारवाला मन्त्रालयहरुलाई भुक्तानीका लागि ज्ञापन पत्र बुझाउने भएको छ। भोलि ७७ वटै जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाउने गरी आन्दोलनको कार्यक्रम तय गरिएको महासंघले जनाएको छ। झन्डै दुई सातादेखि आन्दोलन गरिरहेको महासंघले आफ्ना मागहरु पूरा नभए दोस्रो चरणको आन्दोलन घोषणा गर्ने जनाएको छ।