दाङ – प्रदेशसभा भवन र राजधानी स्थानान्तरणसँग जोडिएका पूर्वाधार निर्माण गरे पनि भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायी आन्दोलित भएका छन्। सोमबार निर्माण व्यवसायीले प्रदेशसभाको बैठक बस्नुअघि मूल गेटमा पम्पलेट टाँसेर प्रदर्शन गरे। मुख्यमन्त्री सवार गाडी रोकेरसमेत धर्ना दिन खोजेपछि प्रहरीले उनीहरुलाई हटाएको थियो। काम सम्मन्न भएको ६ महिनासम्म पनि भुक्तानी नपाएको निर्माण व्यवसायीहरुको भनाइ छ। […]