चार दललाई गोलाकारभित्रको हँसिया हथौडा

नेकपा माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिह्न लिएर साना दल चुनावी मैदानमा उत्रने भएका छन् ।

सम्बन्धित सामग्री

हँसिया हथौडा र रुखबीच सम्झौता भएर नै गणतन्त्र र संविधान सम्भव भएको हो : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हँसिया हथौडा र रुखबीच सम्झौता भएर नै देशमा गणतन्त्र र नयाँ संविधान सम्भव भएको बताएका छन् ।चुनाव प्रचार–प्रसारका लागि गोरखामा रहेका उनले पालुङटार नगरपालिकामा आज बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अब रुखले हँसिया हथौडा र हँसिया हथौडाले रुखमा मतदान गर्न हिच्किचाउनु नपर्ने बताए । अध्यक्ष दाहालले कांग्रेस र माओवादी मिलेर गणतन्त्र र संविध

साथीहरू ! हँसिया-हथौडा चुनाव चिह्नबाट नतर्सिनुस् : पौडेल

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्तालाई हँसियाहथौडा चुनाव चिन्हबाट नतसर्न सुझाव दिएका छन्।  सुर्खेतमा वीरेन्द्रनगरमा पाँच दलीय गठबन्धनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका नेता तथा कार्यक्रतालाई हँसियाहथौडा चुनाव चिह्नबाट नतर्सन...

हँसिया हथौडा चिह्न प्रयोग गर्न प्रचण्ड र बाबुरामले दिए आयोगमा निवेदन

काठमाडौँ – नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एउटै चुनाव चिह्न हँसिया हथौडा प्रयोग गर्न दिन निर्वाचन आयोगसँग माग गरेका छन्। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको चुनावमा एउटै चुनाव चिह्न हँसिया हथौडा प्रयोग गर्न गरेको प्रस्तावलाई मंगलबार बसेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्रको स्थायी समिति बैठकले […]

माओवादी छाडेको ७ वर्षपछि बाबुराम हँसिया हथौडा लिएर चुनाव लड्न तयार

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई नेकपा माओवादी केन्द्र छोडेको ७ वर्षपछि हँसिया हथौडा चुनाव चिन्ह लिएर चुनाव लड्न तयार भएका छन् । २०७२ साल असोज ९ गते माओवादी पार्टीलाई चर्किएको घरको संज्ञा दिएका बाबुराम कमजोर भएपछि अन्तत्वगत्वा हँसिया हथौडा चुनाव चिन्ह लिएर  निर्वाचन लड्न सहमत भएका हुन् ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुरामबीच लामो छलफल भएपछि हँसिया हथौडा चिन्ह लिएर चुनाव लड्न तयार भएका हुन् । प्रचण्ड

एमाले दशौं महाधिवेशन : लोगोमा हँसिया हथौडा हटाएर किन राखियो गैँडा ?

नेकपा एमालेले आगामी मंसिरमा ( १०, ११ र १२) गते चितवनमा हुने दशौं राष्ट्रिय महाधिवेशनमा भिन्नै लोगो प्रयोग गर्ने भएको छ । गत असोजमा सम्पन्न विधान महाधिवेशनले सूर्यभित्र हँसिया हथौडा रहेको पार्टीको लोगो पारित गरेको थियो । तर, विधान महाधिवेशनले पारित गरेको उक्त लोगो राष्ट्रिय महाधिवेशनमा भने प्रयोग नगरी फरक लोगो प्रयोग गर्ने भएको हो । एमाले महाधिवेशन मुल व्यवस्थापन समितिले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गर्दा सूर्यभित्रको हँसिया हथौडा भएको लोगो नरा

एमाले महाधिवेशनको लोगोमा सूर्यभित्रको हँसिया हथौडा गायब !

नेकपा एमालेको लोगोमा सूर्यभित्रको हँसिया हथौडा हटाइएको छ । नेकपा एमालेको मंसिर १० देखि चितवनमा हुने दशौं महाधिवेशनको प्रतीक चिन्ह सार्वजनिक गर्ने क्रममा विना हँसिया हथौडाको सूर्य चिन्ह सार्वजनिक गरिएको हो ।  विधान महाधिवेशनले सूर्यभित्र सुनौलो रङको हँसिया हथौडा भएको लोगो पारित गरेको थियो ।  यस्तै तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा आयोजित कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले प्रतीक चिन्ह सार्वजनिक गरे । त्यसमा गैँडाले कम्युनिस्ट झण्डा समाएको देखाइएको छ । चितवन एकसिंगे गैँडाका लागि प्रख्यात छ ।

एमालेको लोगो परिमार्जन : नयाँ लोगोमा सूर्य चिह्नभित्र हँसिया हथौडा

काठमाडौं : नेकपा एमालेको लोगो परिमार्जन भएको छ। शुक्रबारदेखि जारी विधान महाधिवेशनले एमालेको लोगो परिमार्जन गरेको हो। आइतबार उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा पार्टीको लोगोसमेत परिमार्जन भएको बताए। एमालेको लोगोमा सूर्य चिह्नभित्र अंग्रेजी अक्षरमा सिपिएन युएमएल लेखिएको र हँसिया हथौडासहितको लोगो थियो। आज उपमहासचिव पौडेलले सार्वजनिक गरेको लोगोमा सूर्य चिह्नभित्र हँसिया हथौडा राखिएको छ। सूर्य चिह्नभित्रको पृष्ठभूमि भने राताे राखिएको उ