निर्वाचन आयोगमा एमालेको पत्र : माधव नेपाललाई हँसिया हथौडा अंकित झण्डा प्रयोग गर्न नदिनू

नेकपा एमालेले माधव नेपाल समूहलाई आफ्नो पार्टीको नाम, चुनाव चिन्ह र हँसिया हथौडा अंकित झण्डासमेत प्रयोग गर्न नदिन माग गर्दै निर्वाचन आयोगमा पत्र बुझाएको छ । एमालेकातर्फबाट निवेदन लिएर अधिवक्ता बाबुराम दाहाल शुक्रबार निर्वाचन आयोगको कार्यालयमा पुगेका थिए । दाहालले कार्यालयमा दर्ता गरेको पत्रमा एमालेको नामसँग मिल्ने गरी माधव नेपाल समूहलाई पार्टीको नाम दर्ता नगर्न माग गरिएको छ । निवेदन दर्ता गरिसकेपछि दाहालले रातोपाटीसँग भने, ‘राजनीति दलसम्बन्धी ऐनको दफा ९ अनुसार एमालेले प्रयोग गर्दै आएको

सम्बन्धित सामग्री

यी हुन् एकल चुनाव चिह्न लिने गरी निर्वाचन आयोगमा दर्ता भएका दल

आम निर्वाचनमा एकल चुनाव चिह्न लिने गरी विभिन्न दल दर्ता निर्वाचन आयोगमा भएका छन् । त्यसमा नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी पनि समावेश छन् । दुई पार्टीका अध्यक्ष क्रमशः प्रचण्ड र बाबुराम भट्टराईबीच भएको सहमतिअनुसार दुई पार्टीले संयुक्त रुपमा मंगलबार दल दर्ता गराएका थिए । गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिह्न लिएर चुनाव लड्ने गरी दल दर्ताका लागि निवेदन आएको आयोगले जनाएको छ । यस्तै आयोगमा नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टीले

सूर्यमा लड्दा हारिन्छ, जित सुनिश्चितताका लागि माओवादी रोजेँ : वामदेव

काठमाडौँ- नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले माओवादी केन्द्रसँग एउटै चुनाव चिन्हबाट चुनाव लड्ने सहमति भए पनि आफूहरू गठबन्धनमा नरहेको बताएका छन्। मंगलबार निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले गोलाकारभित्रको हँसिया हथौडा चिन्हबाट चुनाव लड्ने तर गठबन्धन भित्र नबस्ने बताएका हुन्। अहिलेलाई माओवादीको चुनाव चिन्हबाट लड्दा सहज हुने भएकाले सहकार्य गरेको उनको भनाइ छ […]

माओवादीको चिन्ह लिएर निर्वाचन लड्दै बाबुराम, टिकट प्रचण्डले दिने

काठमाडौं : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले निर्वाचन आयोगमा माओवादीसँगै संयुक्त चुनाव चिह्न दर्ता गराएका छन्। मंसिर ४ गतेका लागि तय गरिएको निर्वाचनका लागि मंगलवार माओवादी केन्द्र र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको नयाँ दल नेपाल समाजवादी पार्टीले निर्वाचन आयोगमा दल दर्ता गर्दा संयुक्त चुनाव चिह्न हँसिया हथौडा दर्ता गरेको हो। माओवादीबाट…

प्रचण्ड-बाबुराम निर्वाचन आयोग जाँदै

काठमाडौं : आगामी  मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एउटै चिह्नबाट चुनाव लड्न नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपाले आज संयुक्त रुपमा निर्वाचन आयोगमा निवेदन दिँदैछन्।दिउँसो १ बजे दुवै दलका प्रतिनिधि निर्वाचन आयोगमा पुगेर निवेदन दिने कार्यक्रम रहेको नेसपा प्रवक्ता विश्वदीप पाण्डेले जानकारी दिए।  माओवादी र नेसपाबीच साझा चिह्न, घोषणापत्र र बन्दसूची बनाएर चुनावमा भाग लिने सहमति भइसकेको छ।नेसपाले पनि माओवादीकै हँसिया हथौडा च

ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा खारेज, फेरि एकता गर्ने भए १५ दिनको समय

काठमाण्डाै – निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेशअनुसार केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमाले र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपा माओवादी केन्द्र बिउँताएको छ । आयोगले दुई दल २०७५ सालको जेठ तीन गतेअघिकै अवस्थामा रहेको पत्र दुई अध्यक्षलाई पठाउने निर्णय गरेको छ  । यस्तै निर्वाचन आयोगमा २०७५ सालको जेठ २३ गते केपी शर्मा ओली र प्रचण्डको नाममा दर्ता भएको नेकपा खारेज गर्ने पनि आयोगले निर्णय गरेको छ । अब एमाले र माओवादी केन्द्र नै रहने र उनीहरूको चुनाव चिह्न पनि सूर्य र गोल घेराभित्रको हँसिया हथौडा हु...